सलमान पुनः समस्यामा, हरिण मारेको मुद्धामा फेरि अदालतमा पेशी

हरिणको सिकार गरेको आरोपमा लामो समयदेखि अदालतको चक्कर काटिरहेका बलिउडका दबंग सलमान खान फेरि अफ्ठेरोमा पर्ने सम्भावना बढेको छ। 

सन् १९९८ देखि तन्किएको यो मुद्धामा हरियाणाको जोधपुर जिल्ला अदालतले २८ सेप्टेम्बरमा उनलाई फेरि अदालतमा हाजिर हुन नोटिस दिएको छ। उनीमाथि हरिणको हत्या गरेको र हतियार राखेको मुद्धा छ। 

यो मुद्धाले ‘बिग बोस’ सिजन–१४ को तयारीमा रहेका सलमानको समस्या बढेको छ। ‘बिग बोस’ मा सलमान माथि करौडौं रुपैयाँ लगानी भएको छ। यस्तो अवस्थामा निर्माता–निर्देशकहरू कुनै किसिमको जोखिम उठान चाहिरहेका छैनन्। सोको प्रिमियर आउँदो महिना गर्ने तयारी थियो। 

सन् १९९८ मा ‘हम साथ–साथ हैं’ फिल्मको सुटिङ गर्ने क्रममा कांकाणी गाउँमा दुई वटा हरिणको शिकार गरेको आरोपप सलमान माथि लागेको थियो। यो मुद्धामा उनलाई पाँच वर्षको सजाय तोकिएको थियो। उनी केही समय जेल पनि गएका थिए। तर, पछि जमानतमा बाहिर आएका थिए। 

उनीमाथि हतियारको लाइसेन्सको समय समाप्त भएपछि पनि हतियार राखेको आरोप लागेको थियो। यो मुद्धामा सैफ अली खान, अभिनेत्री निलम, तब्बु र सोनाली बेन्द्रेलाई शंकाको सुविधा दिँदै माफी दिइएको थियो।

प्रकाशित मिति: : 2020-09-17 10:11:36

प्रतिकृया दिनुहोस्