एकै दिन थप २०२० जनामा कोरोना संक्रमण पुष्टि, निको हुने ८७१

पछिल्लो २४ घन्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ६१५९३ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ८७१ जना निको भएर घर फर्किएका छन्। यो सँगै निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो सँगै ज्यान गुमाउनेको कुल संख्या ३९० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १७३८३ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये ९२९५ जना संस्थागत र ८०८८ जना होम आइसोलेसनमा रहेका छन्।

 हाल क्वारेन्टिनमा ७७३६ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा ११४५८ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रकाशित मिति: : 2020-09-18 16:26:04

प्रतिकृया दिनुहोस्