सत्याग्रहको छैठौं दिनः डा. केसी अस्पताल जान मानेनन्, तत्काल अस्पताल लैजान चिकित्सकको सुझाव

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था छैठौं दिनमा बिग्रदै गएपछि चिकित्सले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव दिएका छन्।

डा.केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीण कुमार गिरीले बताए।

डा. केसी अनशन बसेको छैठौं दिनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रतिष्ठानको चिकित्सकले तत्कालै अस्पताल जान सुझाएका छन्। तर डाक्टर केसीले अस्पताल जान र नशाबाट स्लाइन लिन मानेका छैनन् ।

'डा.केसीलाई अहिले चक्कर लाग्ने, मांसपेशी बाउडिने, मुटुको चालमा गडबढी हुने, छाति दुख्ने र सास फेर्न गाह्रो हुने भएको छ,’ डा. गिरीले भने, 'पिसाबको मात्रामा कमी भएको र ब्लड प्रेसर क्रमिक रूपमा घट्दै गएको छ।’

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका माग राखेर जुम्लामा अनशन बसेका छन्।

उनको अनशनस्थलमा गएर ऐक्यबद्धता जनाउनेको संख्या बढ्दै गएको छ।

प्रकाशित मिति: : 2020-09-19 18:14:52

प्रतिकृया दिनुहोस्