अभिनेत्री घोषको आरोपमा अनुरागको प्रतिक्रिया– मलाई जानीबुझी लक्षित गरिदैँछ

अभिनेत्री पायल घोषले आफूमाथि लगाएको आरोपको निर्माता–निर्देशक अनुराग कश्यपले खण्डन गरेका छन्। उनले आफूमाथि जानीबुझी यस्तो आरोप लगाइएको प्रतिक्रिया दिए। 

अभिनेत्री घोषले हालै एक तेलुगु च्यानललाई दिएको अन्तर्वार्तामा सन् २०१४–१५ को बीच आफूसँग जबर्जस्ती सम्बन्ध बनाउन खोजेको आरोप लगाएकी थिइन्। 

उनले अन्तर्वार्तामा एउटा फोनको आधारमा अन्य अभिनेत्री आउने बताउँदै जबर्जस्ती गर्न लागेको आरोप लगाएकी थिइन्। 

बंगालीमूलकी अभिनेत्री घोष कन्नड फिल्म बढी खेल्छिन्। उनले २०१७ मा ऋषि कपुर र परेश रावल अभिनित कमेडी फिल्म ‘पटेल कि पञ्जाबी शादी’ बाट डेब्यु गरेकी थिइन्। 

उनी अर्को फिल्म ‘कोई जाने ना’ मा पनि अभिनय गरिरहेकी थिइन्। उनले स्टार प्लसको लोकप्रिय कार्यक्रम ‘साथ निभाना साथिया’ मा पनि काम गरेकी छिन्। यसमा उनी राधिकाको भूमिकामा थिइन्। 

निर्माता–निर्देशक कश्यपले आफूमाथि आरोपको सुरुवात भएको दावी गर्दै भविष्यमा योभन्दा ठूलो आरोप लाग्ने प्रतिक्रिया दिएका छन्। शनिबार राती ट्वीट गर्दै उनले भने, ‘के कुरा भयो, यति ढिलो किन समय लिएको मलाई चुप गराउन। ठिकै छ, मलाई चुप गराउने नाममा अरु महिलालाई पनि आफ्नो झुटमा तानेर ल्याइछन्। केही मर्यादा त राख्नुहोस् म्याडम। मात्र यति भन्न चाहन्छु, तपाईले लगाएको सबै आरोपमा कुनै तथ्य छैन।’

अनुराग बलिउडमा चलिरहेको कंगना रनौटको मुद्धामा अग्रपंक्तिमा रहेर ड्रग्स माफियाहरूको पक्षपोषण गरिरहेका छन्। 

उनी र कंगनाबीच केही समयदेखि जुहारी चलिरहेको बेला पायल घोषको नयाँ मुद्धा बाहिर आएको हो। 

घोषले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो कुरा राख्दै ट्याग गरेकी छिन्।

प्रकाशित मिति: : 2020-09-20 15:05:43

प्रतिकृया दिनुहोस्