रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको ‘रेड वाईन’ मा पल र साम्राज्ञी

अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स फिल्म ‘रेड वाईन’ मा रहने भएको छ । ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको फिल्म हो । पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए । निर्देशनमा भने पौडेलेको यो डेब्यु फिल्म हो ।

अमेरिकामै सम्पूर्ण छायाँकन हुने बताइएको फिल्म बिशुद्द प्रेमकथामा निर्माण हुन लागेको हो । यसै फिल्ममार्फत पहिलोपटक पल र साम्राज्ञी जोडीको रुपमा देखिन लागेका हुन् । फिल्ममा कथा, गीत समेत निर्देशक पौडेलकै रहेको छ । 

फिल्ममा पल र साम्राज्ञीको अलवा सन्दिप क्षेत्री र  अमेरिकामा बसोबास गर्ने इमिली लामा लगायतको मुख्य भूमिका रहेको छ । पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सह निर्मातामा निरू भण्डारी हुन् । आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा र सम्वाद सबिर श्रेष्ठले लेखेका छन् ।  दशैं र तिहारको बीचमा फिल्मको पुरै छायाँकन अमेरिकामा हुने बताइएको छ।

प्रकाशित मिति: : 2020-09-21 18:04:13

प्रतिकृया दिनुहोस्