मेरो जीवन

‘आफ्नो परिवार नियोजनको अपरेसन आफैँले गरेँ’

रातोपाटी

काठमाडाैं

चिकित्सा पेसामा स्थापित व्यक्तित्व हुन् प्राडा  अर्जुनदेव भट्ट । कैयौँलाई मृत्युको मुखबाट फर्काउन सफल उनी प्रसिद्ध युरोलोजिस्टका रूपमा परिचित छन् ।

पाल्पामा जन्मिई एमडी, पीएचडी (सर्जरी), डीएससी (युरोलोजी), एफआईसीएस र मिर्गौला प्रत्यारोपण फेलोसिप अध्ययन पुरा गरेका भट्टको सानो छँदा भने इलेक्ट्रिकल इन्जिनियर बन्ने इच्छा थियो । उमेर र अध्ययन बढ्दै जाँदा उनको उद्देश्य फेरियो र चिकित्सा पेसा रोज्न पुगे । चिकित्सा पेसामा पनि उनी त्यस्ता डाक्टर हुन् जसले आफ्नो अपरेसन आफैँ गरेर धेरैलाई चकित तुल्याएका छन् ।

चिकित्सा क्षेत्रमा मात्र होइन उनी साहित्य फाँटमा पनि परिचित छन् । उनको लेखन रहेका करिब आधा दर्जन पुस्तक प्रकाशित छन् भने केही प्रकाशनको तयारीमा छन् । साहित्यमा पनि कविता विधामार्फत उनी आफ्ना भावना, संवेदना र विचारलाई सशक्त ढङ्गले अभिव्यक्त गर्ने गर्दछन् । पछिल्लो समय आएको उनको कविता सङ्ग्रह ‘अविस्मरणीय पलहरू’ले पनि यो देखाएको छ । मूत्ररोगलगायत विभिन्न स्वस्थ्य समस्यासम्बन्धी थुप्रै लेखबाट सर्वसाधारण स्वास्थ्य र समाधानसँग जोड्दै आएका उनी देशका विभिन्न अस्पताल हँुदै पछिल्लो समय मेडिकेयर चावहिलमा कार्यरत छन् ।

धेरैको नजरमा डाक्टर एक विशेष व्यक्तित्व हो । उनीहरूको रहनसहन, खानपिनदेखि जीवनसँग जोडिएका हरेक विषय फरक र विशेष हुने सोच पाइन्छ । त्यसैले आज हामीले डा. अर्जुनदेव भट्टको जीवनमा विभिन्न पाटो रातोपाटीको मेरो ‘जीवन स्तम्भ’मा केलाउने प्रयास गरेका छौं ।

प्रकाशित मिति: : 2021-07-10 15:55:00

प्रतिकृया दिनुहोस्