डी भिलियर्स र पाडिक्कलको अर्धशतकसँगै बेंगलोरकाे विजयी सुरुवात

आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स र ओपनर देवदत्त पाडिक्कलको अर्धशतक इनिङ्सँगै च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी शुरुवात गरेको छ।

लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा बेंगलोरले हैदराबादलाई १० रनले पराजित गरेको हो। 

जितका लागि बेंगलोरले दिएको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.४ ओभरमा अलआउट हुँदै १५३ रन मात्रै बनाउन सक्याे।

हैदरावादको लागि जोनी बेयरस्टोले सर्वाधिक ६१ रन जोडे। उनले ४३ बलमा ६ चौक र १ छक्का प्रहार गरेका थिए। 

यता ३३ बलको सामना गरेका मनिष पान्डेले ३ चौका र एक छक्कासहित ३४ रन बनाए। अन्य खेलाडीले भने सोचेअनरुप खेल्न सकेनन्।

हैदरवादका प्रियम गर्ग १२, अभिषेक शर्मा ७ र कप्तान डेभिड वार्नर ६ रनमा आउट भए।

बेंगलोरका लागि युजभेन्द्र चहलले ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चेका थिए। यता शिवम दुवेले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए।

यस्तै नवदीप सैनीले पनि ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। यता डेल स्टेनले ३.४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए। 

भरपर्दा उमेश यादवले ४ ओभरमा ४८ रन खर्चे पनि विकेट लिन सकेनन्।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनायो।

आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स र ओपनर देवदत्त पाडिक्कलको अर्धशतक प्रहार गरेका थिए। 

बेंगलोरलाई ओपनर  पाडिक्कल र आरोन फिन्चले ११ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। 

पाडिक्कल ५६ रनमा बोल्ड आउट हुन पुगे। उनले ४२ बलमा ८ चौका प्रहार गरे। लगत्तै  फिन्चलाई २९ रनमा एलबिडब्लूमा आउट भए। फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे। 

यता एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्का ५१ रनमा रन आउट हुन पुगे।

यस्तै कप्तान विराट कोहली १४ र  शिवम दुबे ७ रनमा रन आउट भए। जोश फिलिपे १ रनमा नट आउट भए।

हैदराबादका अभिषेक शर्माले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए। विजय शंकरले १.२ ओभरमा १४ रन खर्चेर १ विकेट लिए। टि नटराजनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए। राशिद खानले ४ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेनन्।
 

प्रकाशित मिति: : 2020-09-21 23:44:39

प्रतिकृया दिनुहोस्