श्याम कुमारीद्वारा सिरहा कारागारलाई माक्स हस्तान्तरण

मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहले सिरहा कारागारलाई माक्स हस्तान्तरण गरेकी छन्। 

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको उपस्थितीमा श्याम कुमारीले मंगलबार सिरहा कारागार प्रमुखलाई एक हजार थान मेडिकल माक्स हस्तान्तरण गरेकी हुन् ।

सिराहा कारागरमा रहेका ६ सय कैदीबन्दी मध्ये ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित कैदीबन्दीलाई ब्यवस्थापन गर्न हम्मे परेको छ । यस्तैमा श्याम कुमारीले मुक्ति नेपालको तर्फबाट सिरहा कारागारलाई १ हजार थान माक्स हस्तान्तरण गरेकी हुन्।

माक्स सँगै २० थान झुल र केही थान सेनिटाईजर पनि हस्तान्तरण गरिएको श्याम कुमारीले बिएल नेपाली सेबालाई बताईन् ।

प्रकाशित मिति: : 2020-09-23 17:46:56

प्रतिकृया दिनुहोस्