पाँच महिलासहित ११ जना श्रष्टालाई सम्मान गरिने

श्रष्टा सम्मान अभियानअन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरूले पाँच महिलासहित ११ जना श्रष्टाहरूलाई सम्मान गरिने भएको छ।  

मानव अधिकार तथा शान्ति समाजले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। 

समाजका अनुसार वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुति (विश्वभक्त दुलाल)लाई, राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइला (प्रदिपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र श्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ।

यसैगरी जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल श्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल श्रष्टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल श्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ। 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका दिन विशेष कार्यक्रम आयोजना गरी जनही २० हजार रूपैयाँ पुरस्कार राशिसहित पुरस्कृत श्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-24 10:21:16

प्रतिकृया दिनुहोस्