साेनाले कंगनालाई भनिन्, ‘तिमी स्वार्थी छौं, नेताको लायक छैनौं’

बलिउड गायिका सोना महापात्राले कंगना रनौट आफ्नो बाहेक अरूको पक्षमा नउभ्भिने स्वार्थी भएको बताएकी छन्। एक ट्विट गर्दै उनले उक्त कुरा बताएकी हुन्।

 यस्तै सोनाले बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा सिंहले बलिउडको गुटबन्दी, नातावाद र कृपावादका कारण मृत्युवरण गर्नुपरेको आदि कुरालाई उठ्ठान गरेकाेमा चाहिँ कंगनालाई बहादुर भन्न सकिने बताएकी छन्। 

‘कंगना आफ्नो लागि बाहेक अरू कसैका लागि उभिएकी छैनन्। उनले आफ्नो सरहाना गर्ने मानिसलाई पनि कहिले याद गरेकी छैनन्। यो कुनै परिवर्तन चाहने वा कुनै पनि विचार बोक्ने नेताको लायक पनि होइन। हो, उद्योगमा जारी केही नराम्रा प्रवृत्तिको विरूद्ध आवाज उठाउन उनी एकदमै बहादुर छिन्। मात्र यत्ति हो...?’ , सोनाले ट्विट गरेकी छन्।

उनले कंगनालाई नारीवादी साथी बनाउन र केही राम्रा सल्लाहकार राख्न पनि सुझाव दिएकी छिन्। 

‘जब कसैले अनुष्का शर्मा र बाँकी मानिसका बारेमा पोस्ट सेयर गरेका थिए। म यही भन्छु की कंगना रनौट कृपया केही नारीवादी साथीहरू बनाउनुहोस् र केही राम्रा सल्लाहकार राख्नुहोस्’, अगाडि ट्विटमा उनले लेखेकी छन्।

यसैगरी सोनाले कंगनालाई पीडित महिलाका रूपमा पेस नहुन भन्दै व्यंग्य गरेकी छन्।

प्रकाशित मिति: : 2020-09-29 12:47:03

प्रतिकृया दिनुहोस्