वीरञ्जमा नक्कली इन्स्पेक्टर बनेर परीक्षा लिने ६ प्रहरीसहित २७ जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालि १६ बाट बुधबार ६ नक्कली प्रहरीसहित २७ जना पक्राउ परेका छन्। 

नेपाल प्रहरी तथा अनुसन्धान ब्युरोका विभिन्न पदमा जागिर लगाइदिने भन्दै किर्ते परीक्षा सञ्चालन गर्ने ६ परीक्षार्थी र २ महिलासहित २१ जना पनि पक्राउ परेका छन्। 

नक्कली इन्स्पेक्टर बनेर नगवामा रहेको देव पार्टी प्यालेसमा परीक्षा लिइरहेको अवस्थामा प्रहरीले छापामारी उनीहरुलाई पक्राउ गरेको हो। 

स्रोतका अनुसार विगत लामो समयदेखि उक्त पार्टी प्यालेसमा ठगीधन्दा सञ्चालित थियो। गोप्य रुपमा परीक्षा सञ्चालन गरेर जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति २५ देखि ३० हजारका दरले ठगी गरेको स्रोतको दाबी छ। 

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। प्रहरीले घटनाका बारेमा पुष्टि गरेपनि विस्तृत जानकारी दिन मानेको छैन। 

पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले केही व्यक्तिहरुलाई पक्राउ गरेको बताएपनि बिहीबार मात्रै घटनाबारे थप विवरण सार्वजनिक गर्ने बताए।

यद्यपी पक्राउ पर्नेमा मुख्य अभियुक्त बाराको जितपुर सिमरा बस्ने अजय यादव रहेको स्रोतको भनाई छ। 

उनी नक्कली इन्स्पेक्टर बनेर परीक्षा सञ्चालन गरिरहेका थिए। विगत लामो समयदेखि सञ्चालन भइरहेको यो ठगी धन्दामा देव पार्टी प्यालेसका सञ्चालकको पनि मिलेमतो रहेको प्रहरीको अनुमान छ।
 

प्रकाशित मिति: : 2020-10-01 08:51:54

प्रतिकृया दिनुहोस्