पर्साको विन्दवासिनी मन्दिर परिसरमा तोनकोठे आधुनिक शौचालय

पर्साको शक्तिपिठको रुपमा रहेको विन्दवासिनी माई मन्दिर परिषरमा ३ कोठे आधुनिक शौचालयको निर्माण गरिएको छ। 

वीरगञ्ज महानगरपालिका १९ मा रहेको सो ऐतिहासिक मन्दिरमा अहिलेसम्म शौचालय नहुँदा भक्तजनहरुलाई समस्या पर्दै आएको थियो। 

‘प्रदेश सभा सदस्य भिमा यादबको संसदीय कोषबाट रु ५ लाखको लागतमा शौचालयको निर्माण गरिएको हो,‘ जनता समाजवादी पार्टी, पर्साका अध्यक्ष रामनरेश यादवले भने।

‘सरसफाई नै जीवनको मूल आधार’ भन्ने अभिप्रायले प्रदेश २ कै हिन्दुहरुको आस्थाको केन्द्रका रुपमा रहेको ऐतिहासिक मन्दिरमा हुने भक्तजन तथा दर्शालुहरुलाई शौच गर्न समस्या नहोस् भनेर शौचालयको निर्माण गरिएको तत्कालिन जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए।

निर्माण सम्पन्न शौचालयको चाबी शनिवार जसपाका प्रदेश सदस्य मिनी सिंह, अमित यादव, उपेन्द्र राय लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा मन्दिरका पुजारीलाई हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति: : 2020-10-03 17:51:54

प्रतिकृया दिनुहोस्