बलिउडको ड्रग्स मुद्धामा पहिलो पल्ट बोले अक्षय कुमार

बलिउडका चर्चित अभिनेता अक्षय कुमारले पहिलो पल्ट बलिउडमा ड्रग्सको समस्या रहेको स्विकार गरेका छन्। 

उनले युवा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा पहिलो पल्ट बोल्ने क्रममा भने, ‘सुशान्तको निधनपछि थुप्रै मुद्धा उजागर भएको छ। यसले हामीलाई पनि दुःख दिएको छ।’

उनले अन्य क्षेत्रमा जस्तै बलिउडमा पनि ड्रग्सको समस्या रहेको बताए। भारतमा कलाकारलाई सेलिब्रिटीको रूपमा पुज्ने कारण मानिसहरूले नचाहिँदो कुरा सुन्दा आलोचना गर्नु स्वभाविक रहेको उनको भनाई थियो। 

उनले बलिउडमा रहेको ड्रग्सको समस्याविरूद्ध लड्नु सामुहिक जिम्मेवारी भएको पनि बताए। तर, केही मिडियामा बलिउडमा सबै ड्रग एडिक्ट मात्र छन् भनेर मुद्धा उचाल्नु जायज नभएको उनको भनाई थियो। उनले मिडियालाई संयमित भएर न्युज प्रचार गर्न पनि आग्रह गरेका छन्। 

अभिनेता सुशान्तको निधनको छानवीन गर्नेक्रममा ड्रग्सको मुद्धा आएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले विभिन्न कलाकारको बयान लिइरहेको छ। 

विभिन्न च्याटबाट अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुरको नाम बाहिर आएपछि एनसीबीले उनीहरूसँग गत साता बयान लिएको थियो। एनसीबीले उनीहरूको मोबाइल पनि जफत गरेको छ। यसबाट अन्य ड्रग्स कारोबारीसमक्ष पुग्ने दावी एनसीबी अधिकारीको छ।

प्रकाशित मिति: : 2020-10-04 09:48:38

प्रतिकृया दिनुहोस्