सुशान्तकी प्रेमिका रियालाई जमानत

नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ।

बुधबार अदालतले उनलाई १ लाख धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो।

रिया जमानतमा छुटेपनि उनका भाई सोविक भने जेलमै रहनेछन्। ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य भएको दाबी गर्दै उनलाई एनसीबीले पक्राउ गरेको थियो। रियाले ड्रग्स किनेको कुरा स्वीकार गरेकी छिन्। 

जमानत पाएपनि रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमति आवश्यक पर्दछ। यस्तै, मुम्बइबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ।

यस्तै, उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ। यस भन्दा अगाडि मंगलबार सेसन कोर्टले उनलाई अक्टुबर २० तारिखसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

यसपछि, रियाका वकिलले जमानतको माग गर्दै उच्च न्यायलयमा अपिल गरेकी थिइन्। रिया विगत एक महिनादेखि जेलमा थिइन्। उनले, २ पटकसम्म जमानतका लागि अदालतसँग अपिल गरेकी थिइन्। तर, उनको दुबै पटकको अपिल खारेज भएको थियो।

प्रकाशित मिति: : 2020-10-07 12:32:01

प्रतिकृया दिनुहोस्