विष्णु उपरकोटी
नछुटी आएको बेला त ल्याउँथ्यौँ सिंगै खुसीहरूको
मुलायम पहाड।
म पनि ल्याउँथे सँगैसँगै बहने एउटा मासुम नदी
र मात्तिएर जिस्कन सक्थ्यौं हामी
लाग्न सक्थ्यो भीड रमिता हेर्ने बतासको
र त्यो बतासले उडाएर गर्न सक्थ्यो हल्ला रुमानी आवाजको
धुवाँजस्तै-
तान्न सक्थ्यौ एक सर्को जिन्दगीको सपना
तर आज-
आँखाले भ्याउने सबै-सबै डाँडाहरू काटेर
पहेला-पहेला घामहरूका पिठ्युँबाट ओरालो लागेका छन्
तिम्रा काविल स्वासका मदहोसी सुगन्ध
अब त एक्लै हुनसक्छन् एकजोर स्वामीका रूखहरू
जहाँ हामी बसेर गर्दथियौं बिजोर नहुने एकजोर प्रेमीत कबुल
पोत्ने गर्थ्यौं कसमका बैजनी रंग।
यसरी नै एक्लै-एक्लै
हावाले तिम्रो खबर लिएर आउँछ सोचेर बस्छु
फेरि सम्झन्छु-
तिमी उडेर गएकी हैनौं
गुडेर गएकी पनि हैनौं
तिमी फर्किएर गएकी हौं-जहाँबाट तिमीलाई मैले फर्काएर एउटा
परिपक्व पहाडको सफेद यात्राको सयर गराउने गह्रौ वाचा गरेथे।
तर
तिमी त्यो बेला पनि आएनौं- जुन बेला
आकासले पहाडको केस छुनै लागेको ठाउँबाट बादलको बाटो भएर आउँछौ भन्ने अपेक्षा गरेको हुदोहुँ-मैले।
पर्खी बस्छु
त्यही बेला बटुवालाई हेर्छु र सम्झनाको भारी बिसाउँछु।
र एक भूगोल श्वास फेर्छु।
ओ समयको पल्लो कुनाको मान्छे ?
आज पनि तिमीले आफ्नो ऐनामा कस्तो कस्को क्यानभास कोरिरहेकी छौ ?
मैले त आजसम्म पनि मेरो ऐनामा तिमीलाई देखिरहेको छु।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया