विष्णु उपरकोटी
नछुटी आएको बेला त ल्याउँथ्यौँ सिंगै खुसीहरूको
मुलायम पहाड।
म पनि ल्याउँथे सँगैसँगै बहने एउटा मासुम नदी
र मात्तिएर जिस्कन सक्थ्यौं हामी
लाग्न सक्थ्यो भीड रमिता हेर्ने बतासको
र त्यो बतासले उडाएर गर्न सक्थ्यो हल्ला रुमानी आवाजको
धुवाँजस्तै-
तान्न सक्थ्यौ एक सर्को जिन्दगीको सपना
तर आज-
आँखाले भ्याउने सबै-सबै डाँडाहरू काटेर
पहेला-पहेला घामहरूका पिठ्युँबाट ओरालो लागेका छन्
तिम्रा काविल स्वासका मदहोसी सुगन्ध
अब त एक्लै हुनसक्छन् एकजोर स्वामीका रूखहरू
जहाँ हामी बसेर गर्दथियौं बिजोर नहुने एकजोर प्रेमीत कबुल
पोत्ने गर्थ्यौं कसमका बैजनी रंग।
यसरी नै एक्लै-एक्लै
हावाले तिम्रो खबर लिएर आउँछ सोचेर बस्छु
फेरि सम्झन्छु-
तिमी उडेर गएकी हैनौं
गुडेर गएकी पनि हैनौं
तिमी फर्किएर गएकी हौं-जहाँबाट तिमीलाई मैले फर्काएर एउटा
परिपक्व पहाडको सफेद यात्राको सयर गराउने गह्रौ वाचा गरेथे।
तर
तिमी त्यो बेला पनि आएनौं- जुन बेला
आकासले पहाडको केस छुनै लागेको ठाउँबाट बादलको बाटो भएर आउँछौ भन्ने अपेक्षा गरेको हुदोहुँ-मैले।
पर्खी बस्छु
त्यही बेला बटुवालाई हेर्छु र सम्झनाको भारी बिसाउँछु।
र एक भूगोल श्वास फेर्छु।
ओ समयको पल्लो कुनाको मान्छे ?
आज पनि तिमीले आफ्नो ऐनामा कस्तो कस्को क्यानभास कोरिरहेकी छौ ?
मैले त आजसम्म पनि मेरो ऐनामा तिमीलाई देखिरहेको छु।
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया