अमिताभ ७८ वर्षमा, कोलकातामा उनको मन्दिरमा पुजापाढ

भारतको बंगाल राज्यको कोलकातामा अमिताभ बच्चनको मन्दिर छ। आइतबार अर्थात ११ अक्टुबरको दिन आज ‘बिग बी’ ७८ वर्षमा प्रवेश गरे।

हरेक वर्ष यो मन्दिरमा अमिताभ बच्चनको जन्मदिन मनाउने गरिन्छ। यहाँ उनको जन्मदिनमा यज्ञ, पुजा र केक काट्ने गरिन्छ। तर, यसपालि कोरोनाका कारण पहिले जस्तो अमिताभको जन्मदिन धुमधामसँग मनाउन पाइएन।

 तर, उनका समर्थकले एक हजार मास्क र एक हजार सेनिटाइजर बाँडेर उनको जन्म दिन मनाए। उनको नाममा २ सय जनालाई खाध्यान्न पनि उपलब्ध गराइदैंछ। यस अवसरमा अमिताभ चालिसाको पाढ हुने बताइएको छ।  

कोलकातामा अमिताभलाई मन पराउने मानिसहरू गुरु भनेर बोलाउँछन्। सन् २००१ मा यहाँ मन्दिरको निर्माण भएको थियो। यही सालदेखि उनको जन्मदिन पनि मनाउन थालिको हो। यसपालि कडा नियमका बीच पुजा गरेर उनको जन्मदिन मनाइयो। 

मन्दिरको मुख्य सदस्य यसमा समावेश थिए। बाहिरबाट कुनै मानिसलाई मन्दिरमा आउन निषेध गरिएको थियो। समाजिक दुरीको ध्यान राखिएको थियो। 

मन्दिरका संस्थापक सञ्जय पटोदियाले आइतबार राती अमिताभसँग भर्जुअल बैठकमा समावेश हुदैछन्। उनीसँगै फिल्म निर्माता सुजित सरकार पनि समावेश हुनेछन्। 

भर्जुअल मिटिङमा अमिताभ विश्वभरिका आफ्ना समर्थकसँग कुराकानी गर्दैछन्।

प्रकाशित मिति: : 2020-10-11 18:09:00

प्रतिकृया दिनुहोस्