
जलेको सिंहदरबार
अनलाइनखबर
कोरोना महामारीको दोस्रो लहरको सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक, सभा तथा उद्घाटन र शिलान्यास समारोहमा अधिकतम समय खर्चिए। फागुनयता मात्रै उनले रु.४ खर्ब बराबरका विकासे आयोजनाको शिलान्यास गरे।
त्यो अवसरमा नेपालमा विकासको लहर आएको भाषण गरे। तर, महामारी दैलोमा आइपुग्दा शिलान्यास भएका धेरैजसो आयोजना पूर्वतयारी नपुगेकाले निर्माणमा जान सकिरहेका छैनन् भने उद्घाटन गरिएका संरचना पनि निर्माणाधीन अवस्थामै छन्।
चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा महामारी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखिए पनि सरकारको गतिविधि भने वित्तीय स्रोत समेत नजुटेका विकासे आयोजनाको शिलान्यास र काम नसकिएका परियोजनाको उद्घाटनमा बढी केन्द्रित देखियो।
पछिल्ला तीन महीनाको शिलान्यासको आँकडाले सरकारको ध्यान महामारीतर्फ थियो कि थिएन भन्ने प्रष्ट पार्छ। पछिल्लो तीन महीनामा मुख्यतः सडक, पुल, औद्योगिक क्षेत्र र सिंचाइका ठूला आयोजनाहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अंकित शिलापत्र राखिए। कुनै शिलान्यास-उद्घाटन कार्यक्रमको तामझाम प्रस्तावित निर्माणस्थलमै भयो भने कतिपय आयोजनाको शिलान्यास-उद्घाटन बालुवाटार निवासमा स्वीच थिचेर गरियो।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया