अन्तत सानाले लिइन् बलिउडबाट सन्यास, हटाइन् इन्स्टाग्रामबाट पुराना तस्वीर

बलिउडकी अभिनेत्री, मोडल सना खानले चलचित्र क्षेत्रबाट सन्यास लिएकी छन्।‘बिग बोस ६’ बाट चर्चामा आएकी उनले सामाजिक सञ्जालमार्फत बलिउड छाड्ने  सन्यास लिएकाेबताएकी हुन्।

आफूलाई यो स्थानसम्म आइपुग्न सहयोग गर्ने सबैले उनले धन्यबाद दिएकी छिन् । 

उनले इन्स्टाग्राममा लामो सन्देश राख्दै भनेकी छन्, ‘आज म आफ्नो जीवनको महत्वपूर्ण परिस्थितिमा आइपुगेको छु, म यतिका वर्षदेखि चलचित्र क्षेत्रको हिस्सा रहेकी छु। यो क्षेत्रले मलाई हरेक किसिमको सुख, सुविधा, सम्पति र इज्जत दिएको छ। जस जसबाट मैले यो सम्मान पाए उहाँहरुप्रति मेरो धेरै धेरै धन्यवाद।’

सनाले इन्स्टाग्राम पोस्टमा आफू बलिउडको हिस्सा नरहेको र आउँदा दिनमा मानवताको सेवा गर्ने बताएकी छन्।

‘केही दिनदेखि मलाई प्रश्न आइरहेको छ की मान्छे संसारमा आउनुको मतलब के हो ? के मानिसले आफ्नो जीवन बेसाहाराको सहयोगमा बिताउन सक्दैन । के मानिसले सोच्नु पर्दैन की मरेपछि उ के बन्छ?,’ उनले प्रश्न गरेकी छिन्।

उनले आफू अगाडिको दिनमा आफूलाई सिर्जना गर्ने अल्लाहको आदेश अनुसार अगाडि चल्ने बताएकी छन्। उनी आफू यो नयाँ यात्रामा अत्यन्तै खुशी भएको बताएकी छन्। 

उनले सन्यास लिएपछि उनले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट पुराना तस्बिर हटाएकी छन्। उनले आफू चलचित्र उद्योगको हिस्सा भएको एउटा पनि प्रमाण छोडेकी छैनन्।

उनको इन्स्टाग्राममा १०२ वटा पोस्टहरु मात्रै छन्, इन्स्टाग्राममा भएका तस्बिरमध्ये सबैभन्दा पहिलो सन् २०१६ को रहेको छ। इन्स्टाग्राममा भएका तस्बिर कुनैले पनि उनलाई चलचित्र क्षेत्रको हिस्सा भएको भान दिँदैन। 

सनाको प्रोफाइलमा ३५ लाख फलोअर छन्। उनी पछिल्लो पल्ट हटस्टारको वेब सिरिज स्पेशल ओपीएसमा देखिएकी छन्। 

सना सलमान खानको चलचित्र ‘जय हो’ का कारण धेरै चिनिन्छिन्।

सनाले सन् २००५ मा हिन्दी फिल्म ‘यही हे हाई सोसाइटी’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यसपछि उनले बलिउड, मलयालम, तमिल, तेलुगु, कन्नड जस्ता फिल्ममा काम गरिसकेकी छिन्।
 

प्रकाशित मिति: : 2020-10-12 13:49:00

प्रतिकृया दिनुहोस्