निर्वाचन विशेष

भ्रष्टाचार रोकेर जनतालाई न्याय दिनु नै मेरो उदेश्य हो : नारायण विसङखे

Breaknlinks
Breaknlinks

आम निर्वाच नजिकिएसँगै दलहरू चुनावमा केन्द्रीत भइरहेका छन्। जसकारण देशभरका सबै प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरू निर्वाचन आयोगले प्रदान गरेकाे चुनाव चिन्ह लिएर भोट माग्न गाउँगाउँ पुगिरहेका छन्।

आफ्नो विचार सुनाउँदै मतदाताहरुसँग मत पाउनका लागि उम्मेदवारहरुबीच प्रतिस्पर्धा नै चहिरहेको छ। त्यहीँ दौडमा छन्, मोरङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिएका नारायण विसङखे। मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवार दिएका उनै विसङखेसँग बिएल नेपाली सेवाका लागि ईश्वरी राईले कुराकानी–

तपाईले मोरङ क्षेत्र नम्बर–२ प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएको छ, तपाईकाे चुनावी एजेण्डा के–के छन्?

सर्वप्रथम त मैले जनताहरुको गुमिसकेको अस्तित्व फिर्ता ल्याउनका लागि मोरङ क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएको हुँ। त्याेसँगै मेरा पहिलाे चुनावी एजेण्डा भनेकै भ्रष्टाचार रोकेर गरिब जनताहरुका छाेराछाेरीलाई उच्च शिक्षा दिनु हो। अनि पढे लेखेका युवाहरुलाई रोजगारको सिर्जना गराउने पनि मेरो एजेण्डा हो। जसलाई पूरा गर्नका लागि मैले तयारी पनि गरिरहेको छु। त्यसका साथै उद्योगी व्यापारीहरुका लागि लगानी गर्ने वातावतरण मिलाउने पनि मैले योजना बनाइरहेको छु। 

तपाई उठ्नु भएको क्षेत्रमा त मंगोल कमजोर देखिन्छ नि, तपाईको चुनाव जित्ने आधार के–के हुन्? 

सर्वप्रथम त यो क्षेत्रमा मंगोल कमजोर छैन। मंगाेलले ५० हजार बढी मत ल्याएर जितिरहेकाे छ। त्योसँगै हामीले हाम्रा मतदाताहरु पनि बढाइरहेका छौँ। हो, हामी घरदैलो कार्यक्रममा एक्लै हिडिरहेका छौँ तर त्यसको मतलब यो होइन कि हामी कमजोर छौँ। हामी मंगोल कोही भन्दा कम छैनौँ। र मेरो चुनाव जित्ने मुख्य आधार नै यहाँका मानिसहरुको अमूल्य भोट हो। नातावादको कारण सक्षम व्यक्तिहरुले काम पाएका छैनन्, उनीहरू सधैँ पिछडिनु परेको छ। त्यसै अब, नातावादका नियमलाई हटाएर क्षमता भएका व्यक्तिलाई काममा लगाउनेछु। त्यसका लागि मलाई जनताहरुको साथ चाहिनेछ। आश छ, कि उहाँहरुले मलाई निराश बनाउनु हुने छैन। 

तपाईले तपाईका प्रतिस्पर्धीहरुलाई कत्तिको सहज रुपमा लिइरहनु भएको छ त? 

खासमा भन्नेपर्दा मैले यहाँका मेरा प्रतिस्पर्धीहरुलाई ‘हलुका’ लिइरहेको छु। किनकी उहाँहरु योभन्दा अगाडि नै अरु क्षेत्रबाट चुनाव हारिसक्नु भएको छ, त्यसैले उहाँ मेरो क्षेत्रबाट चुनावमा उठ्नुभएको हो। उहाँहरुसँग कुनै विचार वा एजेण्डा नै छैन। त्यसैले म उहाँहरुलाई ‘हेभी’ उम्मेदवारको रुपमा लिइदिनँ। एजेण्डाविहिन उहाँहरुले मतदाताहरुको मूल्यवान मत पाउनका लागि अहिले पाँच सयदेखि हजार रुपैयाँ दिँदै  भोट किनिरहनु भएको छ। तर पैसा मात्र ठूलो कुरा होइन, पारदर्शी नेता हुनु  नै जनताहरुको भलो हुनु हाे। त्यसैले यो ठाउँमा जनताहरुलाई म जस्तो व्यक्तिको खाँचो छ, जो आफ्नो बारेमा भन्दा धेरे जनताको समस्या बुझ्दछ। सायद यहाँका वासीहरुले मलाई राम्रैसँग चिन्नुभएकै होला, त्यसैले पनि चुनाव जित्ने कुरामा म लगभग ढुक्कै छु। 

चुनाव जितिसकेपछि तपाईको प्राथमिकता के मा रहनेछ?

मैले चुनाव जितिसकेपछि मेरो प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारीमा हुनेछ। जो आर्थिक अवस्थाले गरिब हुनुहुन्छ र आफ्नो छोराछोरीलाई पढाउन सक्नुहुन्न। उहाँहरुको छोराछोरीहरुलाई उच्च शिक्षा दिनु नै मेरो पहिलो प्राथमिकता हाे। 

अन्त्यमा तपाई तपाईका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ? 

म यो क्षेत्रको म एउटा असल छोरा हुँ। त्यसैले मलाई यहाँका मेरा आफ्तीहरुले धोका दिन्नुहुन्न होला भन्ने कुरामा विश्वास गरेकाे छु। सायद उहाँहरूले मलाई निराश गर्नुहुँदैन। म उहाँहरुसँग के भन्न चाहन्छु भने मलाई तपाईहरुकाे अमूल्य भाेट दिएर सेवा गर्ने माैका दिनुस्। म तपाईहरुको भोट खेर फ्याल्ने छुइनँ। जतिसम्म सत्तामा रहनेछु त्यतिञ्जेलसम्म जनताहरूकाे समस्या समाधान गर्न पछि हट्दिनँ। मेरा क्षेत्रवासीहरुसँग मेरो एउटै अनुरोध छ, कि तपाईहरु रक्सी र मासुको लोभमा नपर्नुहोस्। राम्रो साडी दिँदैनमा मख्ख नपर्नुहोस्। यी सबै कुराहरु तपाईहरुलाई फसाउनका लागि गरिएको हो। मेरा प्रतिस्पर्धीहरुलाई भोट हाल्नु अघि तपाईहरुले एक पटक आफ्नो छोरा नातीहरुको भविष्यको बारेमा सोच्नुहोस्। तपाईहरुको भोटका कारण पछिका दिनहरुमा छोरा नातीहरुले दुख पाउन सक्छन्। त्यसैले राम्रो मान्छेलाई छुन्नुहाेस् र ‘कुखुँराको भाले’ मा भोट हाल्नुहोस्। 

प्रकाशित मिति: : 2022-11-02 22:00:00

प्रतिकृया दिनुहोस्