रियाले दिइन् आफूविरुद्ध गलत बयान दिने छिमेकीलाई कारवाही गर्ने धम्की

रिया चक्रवर्तीले सुशान्त सिंह राजपूतकाे मुद्दामा मुम्बई उच्च अदालतबाट जमानत पाएकी छिन्।

जमानत पाएलगत्तै रियाले अब त्यस्ता व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गर्ने वाचा गरेकी छिन् जसले मुद्दाको छानविनको क्रममा कुनै आधार बिना बयान दिएका थिए। 

रियाले सीबीआईलाई मिडियालाई गलत बयान दिएर मुद्दाको दिशा बदल्ने प्रयास गर्ने छिमेकीलाई कारवाही गर्न अनुरोध गरेकी छिन्।

सीबीआई विशेष टोली प्रमुख नुपुर शर्मालाई लेखेको पत्रमा रियाले छिमेकी डिम्पल थावानीले सुशान्त आफूलाई छोड्न जुन १३ तारिख घरमा आएको भनेर झूटो बयान दिएकाे दावी गरेकी छिन्।

भाेलिपल्ट अर्थात १४ जुनमा सुशान्तको मृत शरिर  घरमा भेटिएकाे थियाे। रियाले वकिल सतीश मानशिन्दे मार्फत पठाएकाे पत्रमा भनिएको छ – यस्ता मुद्दालाई भारतीय दण्ड संहिताको धारा २०३ (कथित अपराधको गलत अर्थ लगाउने) र २११ (अपराधीको गलत आरोप) अन्तर्गत दण्डनीय छ, जसमा ७ वर्षको सजाय हुन सक्छ।

रियाको यस कदमलाई रितेश देशमुखले समर्थन गरेका छन्। उनले ट्वीट गरेका छन्– तपाई अझ बढि शक्ति मिलाेस्। कसैसँग पनि सत्य भन्दा बढि शक्ति छैन।

याद रहाेस् कि सुशान्तका बुबा केके सिंहले रिया र उनको परिवारविरूद्ध पटनामा उजुरी गरेका थिए।

उजुरीमा सुशान्तलाई रियाले आत्महत्या गर्न विवश पारिएकाे आरोप लगाइएको छ। 

बिहार सरकारको सिफारिसमा केन्द्र सरकारले अनुसन्धान सीबीआईलाई हस्तान्तरण गरेकाे थियाे।

सुशान्तमा आर्थिक अनियमितताहरूको प्रवर्तन निर्देशालयले अनुसन्धान गरिसकेको छ। यता लागूपदार्थको मामला मादक पदार्थ नियन्त्रण नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेकाे छ।

रियालाई एनसीबीले सेप्टेम्बरमा पक्राउ गरेको थियो र मुम्बई उच्च अदालतले अक्टुबरमा जमानत दिएकाे थियाे। रियाका भाई शौविक चक्रवर्ती पनि पक्राउ परेका छन्। यद्यपि शौविकको जमानत स्वीकृत भएको थिएन।

प्रकाशित मिति: : 2020-10-13 09:49:00

प्रतिकृया दिनुहोस्