प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
बिएल संवाददाता
भारतीय चर्चित रियालिटी शाे बिग बाेस: १७ की सदस्य हुन्, अभिनेत्री अंकिता लाेखण्डे। शाेकी सबैभन्दा चर्चित सदस्य उनी हरेक दिन कुनै न कुनै कारणले चर्चामा रहन्छिन्।
टिभीदेखि फिल्मसम्म आफ्नो अभिनयले मानिसहरूलाई क्रेजी बनाएकी अंकिताको सुन्दरता र फिटनेसप्रति पनि फ्यानहरु घायल छन्। चाहे अंकिताको चम्किलो अनुहार हाेस् या उनकाे परफेक्ट शरीर।
शायद यही कारण हो कि प्रशंसकहरू अक्सर अंकिता लोखंडेको सुन्दरताको रहस्य जान्न उत्सुक हुन्छन्। त्यसैले आज हामी तपाईंलाई बताउँछौं कि अंकिता लोखण्डेकाे फिटनेस टिप्सबारे–
गहुँको रोटी खादिनन् अंकिता
लन्चमा अंकिता गहुँको साटो कोदोबाट बनेको पिठोको रोटी खान रुचाउँछिन्। यो कोदोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसले शरीरको पाचन प्रणालीलाई स्वस्थ राख्छ।
कोदोको रोटीले उनको मेटाबोलिज्मलाई मजबुत राख्छ र यसलाई खाएपछि लामो समयसम्म भोक लाग्दैन। त्यसैले उनी काेदाेकाे राेटी खान रूचाउँछिन्।
फलफूल र ड्राई फ्रुट्स खान्छिन्
दिउँसोको खानापछि अंकिता साँझको समयमा भोक शान्त पार्न फलफूल खान रुचाउँछिन्।
यसले शरीरलाई धेरै पोषण दिन्छ र छाला पनि हाइड्रेटेड बनाउँछ। यसबाहेक अंकिताले ड्राइ फ्रुट्स पनि खान्छिन्, जसले उनलाई शक्ति र पोषण दिन्छ ।
चिकेन मनपराउँछिन्
अंकिता लन्च र डिनरमा चिकेन खान रुचाउँछिन्। यसबाट शरीरलाई प्रशस्त मात्रामा प्रोटिन प्राप्त हुन्छ जसले उर्जा पनि दिन्छ।
अंकितले आफ्नो डाइट प्लानमा धेरै सागसब्जी समावेश गर्नका साथै हैल्दी खानाहरू खान्छिन्।
दाल र माछा राम्राे विकल्प
अंकिताले आफ्नो डाइटमा प्रोटिनको विशेष ख्याल राख्छिन्। यही कारण अंकितले डिनरमा दाल लिन्छन्।
यसका साथै उनी माछा र कुखुराको मासु खान रुचाउँछिन्। उनी भुटेको माछा र विभिन्न प्रकारका दालहरू खान्छिन् जसबाट शरीरलाई प्रोटिन प्राप्त हुन्छ। साेहीकारण ३९ वर्षकी उनी अहिले पनि युवती देखिन्छिन्।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया