ड्रग्स मुद्धामा दीपिका, श्रद्धा, सारा र रकुलको फोनको छानवीन हुने

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्सको मुद्धा प्रवेश गरेपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले जफत गरेको १५ वटा मोबाइल फोन गान्धीनगरस्थित फोरेन्सिक साइन्सेज निर्देशनालय (डीएफएस) मा पठाएको छ। 

भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’ को रिपोर्टअनुसार डीएफएसलाई पठाइएको फोन बलिउड सेलिब्रिटी तथा ड्रग कारोबारीहरूको हो।
 
एनसीबीले बलिउड अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुल प्रित सिंहलगायतको फोन जफत गरेको थियो। 

यी कलाकारको म्यासेजलगायत सोसल मिडियाको पोस्टहरूको पनि छानवीन हुनेछ। एनसीबीले दीपिकाको मेनेजर करिश्मा प्रकास, डिजाइन सिमोन खम्बाटा, सुशान्तकी ट्यालेन्ट मेनेजर जया शाह र रिया चक्रवर्तीको फोन पनि जफत गरेको थियो। 

फोनको डिटेल बाहिर आएपछि एनसीबीले फेरि छानवीनलाई तीब्र बनाउने बताइएको छ। सुशान्तको मुद्धामा २० भन्दा बढी मानिस पक्राउ परेका थिए। 

प्रमुख अभियुक्त मानिएकी रिया एक महिना लामो छानवीनपछि गत साता हिरासत मुक्त भएकी थिइन। उनको भाई सौविक अहिले पनि हिरासतमै छन्।

प्रकाशित मिति: : 2020-10-14 11:01:00

प्रतिकृया दिनुहोस्