टिकट खाेसेकाे आराेपपछि महेन्द्रबहादुर शाहीले भने—

‘डाक्टर भएपछि डाक्टरकै हैसियतमा बस्नुपर्छ, केटाकेटीजस्तो गर्ने हैन’

माओवादी केन्द्रका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताल्चा विमानस्थलकाे घटनालाई चिकित्सकहरूले अतिरञ्जित बनाउन खाेजेकाे आराेप लगाएका छन्।

मंगलबार बिहान मुगुकाे ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउँदै गरेका चिकित्सकहरूकाे टिकट खाेसेर समिट एयरले माओवादीका उपमहासचिव मात्रिका यादव, पूर्वमुख्यमन्त्री शाहीलगायत नेताहरूलाई जहाजमा चढाएकाे थियाे।

लगतै, माओवादी नेताहरूले टिकट खाेसेकाे भन्दै चिकित्सकहरूले विमानस्थलमै विराेध जनाए।


माओवादी नेतालाई चढाउन डाक्टरहरूकाे ‘प्लेन टिकट’ खाेसियाे


 

तर, माओवादी नेता शाहीले भने आफूहरूले चिकित्सकहरूकाे टिकट नखाेसेकाे दाबी गरेका छन्। उनले साेमबार नै जहाजकाे टिकटकाे व्यवस्था गरेकाे र साेही अनुसार नेपालगञ्ज आएकाे बताए।

उनले विमानस्थलमा जहाजकाे टिकटबारे विवाद उत्पन्न भएपछि मिलाउने काेसिस गरिएकाे भएपनि चिकित्सकहरूले अटेरी गरेर विवाद चर्काएकाे अराेप लगाए।

यस्ताे छ, शाहीकाे भनाइ—

टिकट कसकाे खोसिएको हो? उनीहरूलाई नै थाहा होला। खास कुरा के हो? उनीहरूको विषयमा हामीलाई कुनै जानकारी छैन।

आज बिहानको सेडुल फ्लाइट नै होइन। बिहान ७ बजे प्लेन नै जाँदैन। हिजो म आफैंले चेयरमेनसँग कुरा गरेर भोलि नै म डोल्पा जानुपर्ने भयो भनेर भन्दा उहाँहरूले हुन्छ म बिहानै पठाउँछु झरेर आउनुहोला भन्नुभएको थियो।

त्यहाँबाट आउनुस् भन्ने खबर आएपछि बेलुकी नै गयाैँ उहाँहरू पनि आउनु भएको रहेछ। उहाँहरूले हिजाे साँझबाट नै निहुँ खाेज्न थाल्नुभएकाे थियाे। हामी बस्ने होटेलमा आएर नेता बस्ने होटेल होर? हामी डाक्टर बस्ने हो भनेर थर्काएर साँझबाटै निहुँ खोजिरहेका थिए। ती कुरा हामीलाई थाहा भएपछि अर्को होटेलमा गएर बस्यौँ।

बिहान पनि १६ जना हुनुहुँदो रहेछ। तपाईंहरू १५ जना प्लेनमा चढ्नु, हाम्राे तीन जना नगइ–नहुने भयाे। बाँकी पिएहरू गाडीमा आउँछन्, एक जना हाम्रो गाडीमा पठाऊ, नभए पछि सुत्केरीका लागि हेलिकप्तर आउँदैछ सुर्खेतबाट त्यसैमा पठाउने व्यवस्था गरौँला भनेर भनियो। तर, उनीहरू भए सबै जान्छौँ नभए एकजना पनि जाँदैनाैँ भनेर भिडियाे खिच्न थाल्नुभयाे।

डाक्टर भएपछि आफ्नो हैसियतमा बस्नुपर्ने हो, क्याम्पसका विद्यार्थी र केटाकेटीजस्ताे गर्ने हाेइन।

हामीलाई जबजस्ती गरे भन्न हुँदैन। बाेडिङ पास नभएको वा एयरलाइन्सले अनुमति नदिएको भए पो जबर्जस्ती छिरेकाे भन्ने हुन्छ। सबै मिलाएर गएको हामी जबर्जस्ती कसरी भयाे? बेकारको कुरा गरेका छन्।

अझ एक जनालाई सुत्केरीसँग आउनु भनेरसम्म व्यवस्थापन गर्न खोजेका हौँ। हामी तीन जना जसरी पनि पठाउछौँ भनेकै हो। जहाँज गएर पठाउछौँ आउनुस् भन्दा पनि जबर्जस्ती गरे, एकदम पुर्वाग्रही छन्, हामीप्रति। माओवादीलाई कसरी बदनाम गर्न सकिनछ भनेर निहुँ खोजेका हुन्। टिकट खोस्ने भन्न नै हुँदैन। एयरलान्सले कसलाई पठाउने के गर्ने अर्को कुरा हो। उहाँहरूको लागि आएको जहाज हो? भनेर कर्मचारीसँग समेत निहुँ खाेजे।

रारा मज्जाले घुमदै हिँडेका छन्, त्यहाँ गएर कहाँ के उपचार गरे? जुम्लाबाट फर्किनुपर्ने हो घुमेर आए। आपत्ति होइन।

आझै व्यवस्था गर्छौ भन्दा पनि जबर्जस्ती गरेर भनेर भनेका छन्। अझ मिडियाबाजी गरेका छन्, नियत ठिक भएन।  अब सरी हजुर माफ पाऊँ गल्ती भयाे भन्दै थिए। मैले विद्वानले गर्ने यस्तै हाे? भनेँ।

प्रकाशित मिति: : 2023-09-26 17:00:00

प्रतिकृया दिनुहोस्

    खाते मन्त्री र उस्को टोली!

    • 7 महिना अगाडि
    • Diwas shahi

    म पनि त्यहा थिए डाक्टर हरु धेरै नै उग्र थिए सायद पढेर डाक्टर भएपनि सभ्यता र संस्कार जानेका रहेनछन् । नेता र मन्त्री हरुलाई तथानाम गालि गरिरहेका थिए कर्णाली का जनतालाई समेत हेपाहा सैलिमा बाेलिरहेका थिए । बिमानस्थल कर्मचारी, शुरक्षाकर्मि र स्थानीय बासि कसैका कुरा सुन्दैनथिय । हरेक बिकल्पमाथि छलफल हुदा कुनै कुरा नबुझ्ने र निहु मात्र खाेजिरहेका थिय । कसैले तथानाम गालि गर्ने कसैले भिडियाे खिच्ने कसैले समचार टिपाउने लगायतका अभद्र व्यवहार पर्दशन गरिरहेका थिए । हामी एक दिन नगए बिरामि मर्छ भन्दैथिए तर आफू हप्ताै हस्पिटल छाेडेर रारा घुम्न आउदा बिरामि के भए भन्ने प्रश्न स्थानीय ले गरिरहेका थिय । अन्तमा मन्त्री ज्युकाे टाेलिले आधा घण्टा प्लेन राेकेर एक डेलिभरी सिरियस बिरामि लाई ल्यएर ठुलाे दुर्घटना हुनवाट राेक्नु भएकाे थियाे ।।

    • 7 महिना अगाडि
    • जय बहादुर महतारा