३७ वर्षको उमेरमा निकी मिञ्ज आमा बनिन्

हलिउडकी चर्चित र्‍यापर निकी मिञ्ज
हलिउडकी चर्चित र्‍यापर निकी मिञ्ज

हलिउडकी चर्चित र्‍यापर निकी मिञ्ज ३७ वर्षको उमेरमा आमा बनेकी छिन्। गत वर्ष अक्टुबरमा उनले किशोर अवस्थादेखिको साथी केनिथ पेटीसँग विवाह गरेकी थिइन्। उनको गत जुलाईमा ‘बेबी बम्प’ को फोटो सार्वजनिक भएको थियो। 

३० सेप्टेम्बरमा लस एञ्जेलसमा छोरालाई जन्म दिएको खबर गोप्य राखिएको थियो। तर, गत बिहीबार उनका चर्चित साथीहरू बियोन्से, किम कार्डासियन वेस्ट र काने वेस्टले बधाई दिएपछि उनको गोप्यता भंग भएको थियो। 

साथीहरूको बधाईमा उनले भनेकी छिन्, ‘धन्यबाद छ साथीहरूलाई।’ ३७ वर्षको उमेरमा आमा बनेपछि तीन बच्चाकी आमा बियोन्सेले भनेकी छिन्, ‘आमाहरूको समूहमा स्वागत छ। भगवान सदैव तिमी र तिम्रो परिवारको दाहिना हुन्।’

प्रकाशित मिति: : 2020-10-16 17:11:00

प्रतिकृया दिनुहोस्