ड्रग्स मुद्धामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछका लागि बोलाएको एक महिनापछि नायिका दीपिका पादुकोण पुनः सुटिङमा फर्किएकी छिन्।
दीपिका सकुन वत्राको फिल्मको गोवामा सुटिङ गरिरहेको बेला उनको नाम ड्रग्स मुद्धामा जोडिएको थियो। दीपिका ८ अक्टुबरमा गोवा फर्किएको र उनले सुटिङ सुरु गरेको भारतीय मिडियामा बताइएको छ।
सकुन बत्राको फिल्ममा अनन्या पाण्डे र सिद्धान्त चतुर्वेदीको पनि भूमिका छ। अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकारणमा ड्रग्सको कुरा उठेपछि एनसीबीले केही ड्रग्स कारोबारीलाई पक्राउ गर्दै सोधपुछ गरेपछि दीपिकाको नाम जोडिएको थियो।
उनको मोबाइल च्याटमा ड्रग्स खरिद गरेको प्रमाण भेटिएपछि एनसीबीले सोधपुछका लागि बोलाएको थियो। अहिले उनको दुबै मोबाईल एनसीबीले जाँचका लागि राखेको छ।
यो घटनापछि दीपिका मिडियाको अगाडि आएकी छैनन्। सुशान्तको निधनसँगै उनका समर्थकले सबै कुराको छानवीन नहुँदासम्म बलिउडका फिल्महरू नहेर्न सर्वसाधारणलाई अपील गरेका छन्। यसले बलिउड फिल्ममा नराम्रो असर पनि परेको छ।
यस्तो अवस्थामा दीपिका फेरि सुटिङमा फर्किएकी हुन्। उनीद्धारा अभिनित फिल्मको सुटिङ २०२० को मार्चमा सम्पन्न भइसक्ने बताइएको थियो। तर, कोरोनाका कारण ६ महिना सुटिङ हुन सकेको थिएन।