आइतबार, १७ अगस्ट २०२५

गंगा–स्नान

बाह्रखरी

बाह्रखरी

पुण्य कार्की
News Image
• • •

ओमकार अग्रवाल अहिले बनारसको असीघाटमा डुबल्की लाउँदै छ। गंगामा डुबुल्की लाउँदा उसलाई परम आनन्द मिल्छ। ऊ हर साल गंगास्नानका लागि काशी आउने गर्छ। काशी र गंगाप्रति उसको हृदयमा असीम आकर्षण मात्र होइन, त्यत्तिकै गहन आस्था पनि छ।

उसको पिताजी जोगिन्दर अग्रवाल पनि यसरी नै हर साल गंगास्नानका लागि काशी आउने गर्थे। उनलाई पचहत्तर वर्षको उमेरमा जब प्रोस्टेट ग्रन्थीको क्यान्सरको संक्रमण भयो, त्यसपछि डाक्टरहरूले ‘अब धेरै नबाँच्ने’ घोषणा गरिदिए।

जीवनको आखिरी घडीमा बाँकी सास काशीमै बिसाउने इच्छा देखाएपछि उनलाई हतारहतार बनारस ल्याइयो। ल्याएको सात दिनमा उनी गंगा किनारमा ब्रह्मलीन भए।

उनलाई पनि काशीमा मर्यो भने स्वर्ग जान पाइने लालसाले भित्रबाटै समाएको थियो। बाबुको इच्छालाई पूरा गर्न ओमकारले अलिकति पनि कसर बाँकी राखेन।

शनिबार, कार्तिक १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)