कंगनालाई बलात्कार गर्ने पोस्ट गरेका वकिलले माफी मागे

अभिनेत्री कंगना रनोटलाई शहरको बीचमा बलात्कार गर्ने धम्की दिएका ओडिसाका एक वकिलले सार्वजनिक रूपमा माफी मागेका छन् र उनले आफ्नो आइडी ह्याक भएको बयान दिएका छन्। 

कंगनाले नवरात्रीको अवसरमा ब्रतको कुरा गर्दै फोटो पोस्ट गरेकी थिइन। तर, उनको पोस्टमा भद्धा प्रतिक्रिया दिँदै उडिसाका वकिल मेहन्दी रजाले शहरको बीचमा बलात्कार गर्ने धम्की दिएका थिए। उनको यो कमेन्टलाई लिएर देशव्यापी रूपमा प्रतिक्रिया आउन थालेपछि उनले माफी मागेका हुन्। 

वकिल रजा उडिसाको झारसुगडा जिल्ला अदालतमा वकालत गर्छन। उनीविरूद्ध मुद्धा दर्ता भएको पनि बताइएको छ। 

No description available.

उनले आफ्नो पोस्टबाट महिलाप्रति यति भद्धा कमेन्ट आएको देखेर आफै चकित परेको बताए। उनले आफ्नो नामबाट भएको पोस्टबाट कसैको भावनामा चोट परेको खण्डमा माफी दिन अपील गरेका छन्। 

शनिबार मात्र कंगनाविरूद्ध मुम्बईको बान्द्रा अदालतमा मुद्धा दर्ता भएको थियो। उनीविरूद्ध धर्मको नाममा नकरात्मक भावना फैलाएको आरोप लागेको थियो। उनीविरूद्ध किसानको अपमान गरेको आरोपमा पनि मुद्धा दायर छ। 

कंगना पछिल्लो समय बलिउड र महाराष्ट्र सरकारविरूद्ध आन्दोलित देखिन्छिन्।

प्रकाशित मिति: : 2020-10-20 09:43:00

प्रतिकृया दिनुहोस्