यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले गत चैतमै नयाँ पार्टी खोल्ने लागे पनि कार्यकर्ताले रोकेका कारण पछाडि हटेको खुलासा गरेका छन्।
नयाँ पार्टी दर्तापछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनका क्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो खुसाला गरेको हुन्।
गत चैत ४ र ५ को राष्ट्रिय भेलामा नै नयाँ पार्टी खोलौं भन्ने आवाज आए पनि कार्याकर्ताको भविष्य सोचेर त्यतिबेला पछाडि हटेको बताएका छन्।
‘चैत्रको राष्ट्रिय भेलाका बेलै नयाँ पार्टी खोलौँ भन्ने आवाज आएको थियो तर जनताबाट निर्वाचित भएका हजरौं कार्याकर्ताका बारेमा पनि हामीले सोच्नु पर्ने थियो’ नेपालले भने,‘संघीय संसद र जनप्रतिनिधिहरुको चिन्ता गर्नु पर्ने भएकोले तत्कालै अर्काे पार्टी खोल्ने दिशामा अगाडि बढ्न सकेनौंँ।’
त्यस्तै, अध्यक्ष नेपालले ओलीले गुटबन्दीबाट मुक्त हुनको लागि अहिले आफ्नो साथ छाडेका नेताको सक्रियतामै नयाँ पार्टी दर्ता गरेको बताएका छन्।
‘अहिले हामीलाई साथ छोडेको कमरेडहरु आफै अगाडि सरेर नयाँ पार्टी दर्ता गरेका थियौँ’, नेपालले भने,‘त्यो पार्टी अहिले पनि ज्यूउँदै छ।’
उनले आलीले पार्टीलाई निजी स्वार्थको थलो बनाउने खाजेपछि आफूहरु विगतदेखि नै विकल्पाको खोजीका रहेको बताएका छन्। ओलीको कब्जाबाट छुटकरा पाउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसँग सल्लाह गर्दै गर्दै आएको बताएका छन्।
उनले विगतमा आफूलाई दिएका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगातका नेताहरु ओलीसँ घिसरिएको आरोप लागएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया