असई र प्रहरी जवान हत्या प्रकरणमा थप एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीले गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका असई र प्रहरी जवान हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन्  । 

पक्राउ पर्नेमा धनगढी उपमानगरपालिका १० का २० वर्षीय रोहित राना (ख) रहेको कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

गत शनिबार राती सीमा नाकामा गस्तीका क्रममा हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको थियो।

उनले प्रारम्भिक जानकारी अनुसार १० जनाको समुह हत्यामा संलग्न भएको सूचना रहेको र फरार रहेकालाई खोजी कार्य भइरहेको जानकारी दिए।

हत्यामा संलग्नमा धनगढी उपमहानगरपालिका १० बस्ने ३१ वर्षीय रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना रहेको कैलाली प्रहरी प्रमुख एसपी दिलिपसिंह देउवाले बताए। 

ड्युटीका क्रममा दशगजा क्षेत्र पुगेका बेला विकलाई अज्ञात समूहले दशगजामै घाँटी रेटेर हत्या गरको थियो। इन्चार्ज विकको शव आइतबार बिहान फेला परेको थियो भने प्रहरी जवान साउदको शव मंगलबार बिहान फेला परेको थियो। 

साउदको सव तस्करहरूले हत्या गरी मोहना नदी किनारमा गाडेको अवस्थामा उ फेला परेको प्रहरीले जनाएको छ। घटनामा संग्लन रहेका एक जनाले प्रहरीलाई साउदको हत्या गरी नदीको बीच भागमा गाडेको बयान दिएपछि शव फेला परेको थियो।

अवैध सामानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनावद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनास्थलमा साउदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो। विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो।

प्रहरीले दाल ओसारपसार गर्न प्रयोग गरिएको गोरुगाडासमेत स्थानीय बलराम रानाको घरबाट बरामद गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले १६ जनाभन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

प्रकाशित मिति: : 2020-10-21 12:30:00

प्रतिकृया दिनुहोस्