
धमाधम निर्माण हुँदै गरेको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड
सरकारी कर्मचारी, त्याे पनि छैटाैँ तहकाे कम्प्युटर अधिकृत। जाे पैसाकाे थुप्राेमा सुत्छन्। यसाे भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ। तर सिराहाकाेल लहानस्थित यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत विजय दाहाल पैसाकाे थुप्राेमा सुत्छन्। डबल ब्ल्याक लेबलले कुल्ला गर्छन्।
प्रसंग गएकाे (जनवरी १) अंग्रेजी नयाँ वर्षकाे हाे। नयाँ वर्ष मनाउने क्रममा त्याे दिन लहान २ नम्बर राेडस्थित यातायातका कर्मचारी बस्ने क्वाटरमा भीडभाड थियाे। क्वालिटी टेलर्स एण्ड ट्रेडर्सकाे ४ तल्लामाथि रहेकाे क्वाटरमा त्यस दिन जयप्रकाश साह (जेपी) लगायत दाहालका विश्वासपात्रहरू थिए।
यस्तैमा लहान स्थायी घर भएका माेहमद नजाम अन्सारी नेतृत्वकाे युवाकाे समूह जेपीकाे निमन्त्रणामा क्वाटरमा गएका थिए। हाल दुबईमा रहेका नजामका अनुसार क्वाटरमा दाहाल हजारका नाेटकाे थुप्राेमा सुतिरहेका थिए।
'करिब ४ कराेड जति थियाे हाेला त्याे पैसाकाे थुप्राे', नजामले टेलिफाेनमा भने, 'त्यत्राे पैसाकाे थुप्राेमा यातायातका सामान्य कर्मचारी विजय दाहाल सुतेर आराम गरिरहेका थिए। याे दृष्य देखेर म तीन छक्क परेँ। फिल्मकाे दृष्य जस्तै लाग्याे। आफू सुतिरहेकाे पैसाकाे थुप्राेबाट निकालेर ५० हजारकाे बिटाे दाहालले म तिर फ्याँके र भने, 'ल जा... माेज गर!'
दाहालले फालेकाे ५० हजारकाे बिटाे लिएर नजाम तरकारी बजारकाे एक हाेटलमा गए। साथीहरूलाई बाेलाएर पार्टी दिएका छन्। पार्टीमा भेला भएका सबै साथीहरूलाई क्वाटरकाे त्याे दृष्यबारे बताएका छन्।
अपत्यारिलाे लाग्ने याे दृष्य लहान यातायातकाे कर्तुत खाेज्दै जाँदा पत्याउन कर लाग्छ। हेर्दा साधारण जीवन शैलीमा देखिने दाहालका पर्दा पछाडिका कैयन गतिविधि साम्भ्रान्तहरूलाई माथ खुवाउने खालका छन्।
पैसाकाे थुप्राेमा सुत्ने तिनै दाहाल खसीका मासु र डबल ब्ल्याक लेबल ह्वीस्कीका पारखी हुन्। उनकाे जीवनशैलीलाई नजिकैबाट नियालीरहेकाहरूकाे भनाइअनुसार दाहालले दिनभरिमा एउटा सिंगाे खसीकाे मासु खान सक्छन्। १ हजार एमएलकाे डबल ब्ल्याक लेबल तानिदिन्छन्।
खाेटाङ पुर्ख्याैली घर बताउने दाहालकाे घर अहिले झापामा रहेकाे बताइन्छ। उनले सवारी चालक अनुमति प्रमाणपत्र (लाइसेन्स) काे बिक्रीवितरणबाट असुलेकाे अरब बढी कालाे पैसा (ब्ल्याक मनि) झापाकाे एक सहकारीमार्फत बजारमा लगानी गरेका छन्।
लहान यातायात व्यवस्था कार्यालयमा कम्प्युटर अधिकृत (छैटाैँ तह) दाहालकाे इशारामा कार्यालय चल्छ। अनाधिकृत रूपमा असुलेकाे पैसा भागबण्डामा पनि उनकै हालीमुहाली छ। दाहालले भनेकाे विभिन्न व्यक्तिकाे नाममा खाेलिएका बैंकहरूकाे खातामा राजेश साह, जयप्रकाश साह (जेपी), जगदिश देवकाेटालगायतले पैसा जम्मा गर्ने गरेका छन्।
क्वाटरमै तास खेल्छन्, १० लाखसम्म चल्छन्
दाहालकाे पर्दा पछाडिकाे जीवनशैली बडाे ठाँटकाे भएकाे बताउँछन्, उनकै टिममा बसेर लाइसेन्स बिक्रीवितरण धन्दामा संलग्नहरू।
दाहाल बस्ने क्वाटरमा साताकाे तीन पटकसम्म तास (फँलास) खेल हुन्छ। फँलास खेलमा उनका विश्वासपात्र बाहेककालाई निषेध छ। क्वाटरकाे प्रवेशद्वारमै सीसी क्यामरा राखिएकाले उनीहरू निर्धक्क तास खेल्छन्।
'फँलासमा १० लाखसम्म चल्छन्', दाहालनिकट एक व्यक्ति भन्छन्, 'उनकाे टिमबाहेक अन्यलाई तास खेलमा सहभागी गराइँदैन।'
लाइसेन्स काराेबारबाट आएकाे अनाधिकृत पैसा दाहालले राजेश साह र जेपीले जिम्मा लिएर राख्ने गर्छन्। जग्गा काराेबारीसमेत रहेका सगरमाथा यातायात लेखापढी संघका अध्यक्ष राजेश साहले दाहालकाे अनाधिकृत पैसा घरजग्गामा लगानी गर्दै आएकाे बताइन्छ। राजेशले हालै लहान नगरपालिका-१ मा बनाएकाे साडे तीनतले भव्य घरमा पनि दाहालकाे लगानी रहेकाे चर्चा छ।
दाहाल पैसामा जस्ताेसुकै शक्ति र सत्तालाई खरीद गर्न सक्ने कुरामा दृढ भएकाे दाहाल निकटकाहरू बताउँछन्। 'अख्तियार, पत्रकार, नेता, मन्त्री, गुण्डा सबैलाई पैसाले किन्न सकिन्छ। निडर भएर काम गर्नुहाेस्। केही तलमाथि भए म मिलाउँछु। पैसाकाे अगाडि कुनै तागतकाे केही चल्दैन', लाइसेन्स खरिद बीक्रीमा संलग्न बिचाैलियाहरूसँगकाे अनाैपचारिक बैठकहरूमा दाहालले भन्ने गरेका छन्।
१ .
२ .
३ .
४ .
५ .