काेराेनाकाे उच्च जाेखिमका बावजुद एकै दिन ४८ हजारले छाडे उपत्यका

काेराेना भाइरस संक्रमणकाे उच्च जाेखिमका बावजुद गएको २४ घण्टामा काठमाडाैं उपत्यका छाड्नेको संख्या अहिलेसम्मकै धेरै भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा ४८ हजार ९८ जनाले उपत्यका छाडेका छन्। यसअघि हिजो ३३ हजार ४ सय ४६ जनाले उपत्यका छाडेका थिए।

घटस्थापनाको दिन २१ जहार ६ सय २ जना उपत्यका बाहिर गएकामा त्यसयता दैनिक बढ्दै गएको हो। 

द्वितीयामा २१ हजार ४ सय ७८ जना, तृतीयामा २३ हजार ३ सय ९२ जना, चतुर्थीमा २३  हजार ३ सय ८३ जना, पञ्चमीमा २२ हजार २ सय ९९ जना र षष्ठीमा २५ हजार २ सय १८ जना उपत्यकाबाट बाहिर गएका छन्।

योसँगै दशैंको ८ दिनमा २ लाख १८ हजार ९ सय १६ जनाले उपत्यका छाडेका महाशाखाले जनाएको छ। 

यो वर्षको दशमी पर्सि परेकाले आज र भोलि पनि धेरैले उपत्यका छाड्नेको अनुमान गरिएको छ। 

प्रकाशित मिति: : 2020-10-24 14:30:00

प्रतिकृया दिनुहोस्