‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बाह्रखरी
हिजो शनिबार। ऊ किन शनिबार सम्झिरहेछ ? सबैका जीवनमा एक–दुई वा बढी अविस्मणीय घटना हुन्छन्। ती सबै शनिबारमै घटित हुन्छन् भन्ने छैन। उसको जीवनमा पनि कुनै ठूलो घटना शनिबारका दिन घटित भएको हुनुपर्छ, नभए घटित हुन गइरहेछ।
पछि उसलाई थाहा भयो, उसले शनिबारलाई नै सम्झनुको दरो कारण यो थियो— यसै दिन एकजनासँग उसको हात हालाहाल भयो। हात हालाहाल होइन, उसले चोटै लाग्ने धक्का खायो। तै, त्यो मान्छे एक्कासि भेट भएको होइन।
शनिबारै भए पनि कोरोनाले गाँजेको समय, ऊ पहिलेझैँ धेरै टाढा डुल्न निस्कँदैनथ्यो।
त्यस शनिबार नजिकैको पसलसम्म गएर केही किन्ने विचारले ऊ घरबाट निस्क्यो। पिटाइ खाइन्छ भनेर सचेत गराउन बिरालोले बाटो काटेजस्तो अपशकुन मानिहाल्नुपर्ने केही भएको पनि थिएन। ऊ अन्धविश्वासी थिएन। यत्ति हो, बाटोमा एउटा थिङ्थिलो परेको मुसाको लास थियो, छेउमा फालिएको र किचिमिची र आन्द्राभुँडी बाहिर निस्केको।
अगिपछि बाटो काट्ने बिरालाहरू त्यस दिन गायब थिए। मात्र कति भने, निस्कने बेलामा छोरोले सिसाकलमको फर्माइस गरेको हो। त्यसलाई अपशकुन मान्न सकिँदैनथ्यो। छोरोलाई माया गथ्र्यो ऊ र हाँस्दै भन्यो, ‘त्यो त म ल्याइदिइहाल्छु नि।’
प्रफुल्ल ऊ घरबाट निस्केको थियो। भविष्यको पालनकर्तालाई खुस राख्नु कर्तव्य बन्थ्यो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया