बाबुलाई खसालेर हत्या गरेकाे अभियोगमा छोरा पक्राउ

दाङमा प्रहरीले आफ्नै बुवाको हत्या गरेको अभियोगमा शनिबार एक जना पक्राउ परेका छन्।

बंगलाचुली गाउँपालिका २ स्थित पाखापानीका २२ वर्षीय वीरबहादुर विकलाई ४५ वर्षीय बुबा बालाराम विकको हत्या गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए।

शुक्रबार राति पौने १२ बजेतिर घरायसी विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट धकेलेपछि लडेर उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-10-24 14:56:00

प्रतिकृया दिनुहोस्