व्यापारीसँग बैबाहिक जीवनमा बाँधिइन् काजल

बलिउड तथा साउथ चलचित्रकी नायिका काजल अग्रवाल बैबाहिक जीवनमा बाँधिएछिन्। 

उनले आफ्ना प्रेमी गौतम किचलुसँग बिहे गरेकी हुन्। काजलसँग बैबाहिक जीवनमा बाँधिएका गौतम व्यापारी हुन्।

काजलको मेहेन्दी कार्यक्रम बिहिबार आयोजना गरिएको थियो। काजलले सामाजिक संजालमा तस्वीर सार्वजनिक गरेकी थिइन्। यस्तै, बिहिबार नै काजलको हल्दी कार्यक्रम पनि आयोजना गरिएको थियो।

आज भने उनीहरुले सिमित पारिवारिक जमघटका विच बिबाह गरेका छन्।

मुम्बइमा आयोजना भैरहेको बैबाहिक समारोहका तस्वीर काजल आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी छिन्।

बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो। उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धुम मच्चाएका छन्। 

साउथमा भने उनको लोकप्रियता बढ्दाे छ।

प्रकाशित मिति: : 2020-10-30 12:11:00

प्रतिकृया दिनुहोस्