कैलालीमा कुटपिटबाट एक युवकको हत्या, तीनजना पक्राउ

कैलालीकाे लम्कीचुहा नगरपालिका ३ मा कुटपिट गरी एक युवकको हत्या गरिएको छ।

जानकी गाउँपालिका ५ मा बिहीबार साढे १० बजे २२ वर्षीय भरत तिमिल्सिनालाई  कुटपिट गरि गम्भीर घाइते बनाएका थिए।

तिमिल्सिनाको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भइएको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

उनको टाउकोमा चोट लागेकाले हत्याको आंशका गरिएको प्रहरीले बताएको छ ।

तिमिल्सिनालाई कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले जानकी गाउँपालिका ५ बाट तीनजनालाई पक्राउ गरेकाे छ। 

 मानबहादुर चौधरी, केशव टमाटा र समीर चौधरीलाई पक्राउ गरी घटनाको अनुसन्धान  थालिएकाे प्रहरीनाउ घिमिरेले बताए ।

प्रकाशित मिति: : 2020-10-30 12:26:00

प्रतिकृया दिनुहोस्