भारतमा ८२ लाख नाघे कोरोना संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ लाख नाघेको छ।

अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ लाख २९ हजार ३१३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा मात्र  ४५ हजार २३० नयाँ काेराेना संक्रमित थपिएका हुन्।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख २२ हजार ६०७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ४९६ जनाको मृत्यु भएको हो।

अहिलेसम्म ७५ लाख ४४ हजार ७९८ संक्रमित निको भइसकेका छन्। 

प्रकाशित मिति: : 2020-11-02 12:48:00

प्रतिकृया दिनुहोस्