नक्कली डिएसपीको आवरणमा आफ्नै दाइलाई धम्काउने बब्लु प्रहरी फन्दामा 

घरयासी लेनदेन नमिलेपछि आफ्नै दाइलाई नक्कली डिएसपी बनेर टेलिफोनमार्फत् धम्की दिने भाइ पक्रउ परेका छन्। 

प्रहरीका अनुसार सर्लाही रामनगर गाउँपालिका ६ का बब्लु झाले दाइ चन्दुलाई फोनमार्फत् लामो समयदेखि प्रहरीको आवरणमा धम्की दिँदै आएका थिए। 

पक्राउ परेका बब्लु दुगर्ड ग्रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

‘बब्लुले आफ्नै दाइ चन्दुलाई कालिमाटीको डिएसपी हुँ भन्दै लेनदेन सल्टाउन धम्की दिएका थिए। अनुसन्धानको क्रममा उनी दुगर्ड ग्रुपमा कार्यरत रहेको खुल्नमा आएको छ,’ महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी अपिल बोहोराले बिएल नेपाली सेवासँग भने।

काठमाडौंको बानेश्वरमा बस्दै आएका दाइलाई धम्काउन थालेपछि चन्दु प्रहरीको सम्पर्कमा गएका थिए। 

उनी पक्राउ परेपछि आफूले घरयासी भागबन्डाका मिलाउन प्रहरीको आवरण लिएको बब्लुले स्वीकार गरेको डिएसपी बोहोराले जानकारी दिए।

उनका अनुसार दुई भाईको लामो समयदेखि पुरखौली सम्पतिका बारेमा विवाद थियो। ‘घरयासी विवादलाई लिएर बब्लुले दाइलाई धम्काउनका लागि प्रहरीको आवरणमा फोन गरेको देखियो। बाँकी हामी अनुसन्धान गर्दैछौं,’ डिएसपी बोहोराले भने।

प्रकाशित मिति: : 2020-11-02 15:44:00

प्रतिकृया दिनुहोस्