
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुनेछ।
केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक तयारी पनि गर्नुपरेका कारण पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन सिमितिलाई महाधिवेशन मिति संशोधन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार आज निर्वाचन समितिले नयाँ तािलका सार्वजनिक गरेको हो।
आज सार्वजनिक तालिकाअनुसार अधिवेशन रोकिएका १२ वटा जिल्लाका वडा तहको अधिवेशन आगामी २७ कात्तिकमा हुनेछ भने गाउँरनगर अधिवेशन ३० कात्तिकमा हुनेछ। यसरी नै प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ।
सोलुखुम्बू, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन २७ कात्तिकमा र एक मात्र क्षेत्र भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १ मंसिरमा हुनेछ।
उता, जुम्लाको जिल्ला अधिवेशन १ मंसिरमा हुने केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, विभिन्न ४६ वटा जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ।
रसुवा र रौतहटमा कायम विवाद समाधान भइ नसकेका कारण यी दुई जिल्लाको अधिवेशन मिति तोकिएको छैन।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया