आमिरकी छोरी इराको अर्को बयान, १४ वर्षको उमेरमै यौन उत्पीडनको शिकार

अभिनेता आमिर खानकी छोरी इरा सोसल मिडियामा निकै सक्रिय छिन्। उनी सोसल मिडियामा अनौठो कुरा पोस्ट गर्दै प्रायः चर्चामा आइरहन्छिन्। अहिले उनी फेरि अर्को एक पोस्टका कारण चर्चामा छिन्। 

इरा खानले आफू १४ वर्षको हुँदा परिवारकै चिनजानको एक पुरुषबाट यौन उत्पीडनको शिकार हुनुपरेको बताएकी छिन्। 

इराले १० अक्टुबरमा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आफू डिप्रेसनको शिकार भएको जानकारी दिएकी थिइन। 

यसपछि मानिसहरूले यसको कारण सोधेका थिए। तर, उनले आफूलाई यसको जानकारी नभएको बताएकी थिइन। उनले ६ वर्षको उमेरमा आफू टिबीको बिरामी भएको पनि बताएकी थिइन। 

इराले हालै सार्वजनिक गरेको अर्को भिडियोमा बताइन्, ‘जतिबेला म १४ वर्षको थिए, मेरो शारीरिक उत्पीडन गरियो। वास्तवमा त्यो अपत्यारिलो अवस्था थियो। मलाई पनि थाहा थिएन, के भइरहेको थियो? र, जसले यो हर्कत गरिरहेका थिए, उनीहरू मेरै चिनजानका मान्छे थिए।’

उनले आफू त्यो चरणबाट अहिले बाहिरिसकेको बताइन्। ‘मैले त्यतिबेला किन यसो हुन दिए, त्यसको पछुतो छ,’ उनले बताइन्।

प्रकाशित मिति: : 2020-11-03 16:25:00

प्रतिकृया दिनुहोस्