कंगनाविरूद्ध जावेद अख्तरले हाले मानहानीको मुद्धा

बलिउडका चर्चित संगीतकार तथा लेखक जावेद अख्तरले अभिनेत्री कंगना रनौटविरूद्ध मानहानीको मुद्धा दायर गरेका छन्। कंगनाको एउटा भनाइप्रति आपत्ति जनाएका अख्तरले मानहानीको मुद्धा दायर गरेको बताइएको छ। 

कंगनाले हालै सोसल मिडियामा अभिनेता रितिक रोशनसँग जोडिएको मुद्धामा आफूलाई घर बोलाएर रितिकसँग माफी माग्न धम्की दिएको बताएकी थिइन।

कंगनाकी मेनेजर तथा बहिनी रंगोली चंदेलले पनि आठ महिनाअघि जावेद अख्तरमाथि आफ्नो दिदीलाई धम्की दिएको बताइसकेकी छिन्। 

उनले त्यतिबेलै लेखेकी थिइन, ‘जावेद अख्तर जीले कंगनालाई घरमा बोलाएर रितिक रोशनसँग माफी माग्न धम्की दिनुभएको थियो। महेश भट्टले कंगनामाथि चप्पल फ्याकेका थिए, किनभने उसले भट्टको फिल्म सुसाइड बम्बर खेल्न मानिनन्।’

कंगना सन् २००९ देखि २०१३ सम्म रितिकसँग सम्बन्धमा थिइन। ब्रेकअपपछि उनीहरूबीचको विवादलाई लिएर बलिउड तातेको थियो। 

२०१६ मा कंगनाले एउटा कार्यक्रममा रितिकलाई ‘मूर्ख पूर्व ब्वाइफ्रेण्ड’ भनेर सम्बोधन गरेकी थिइन। 

रितिकले पनि एकपल्ट कंगनाविरूद्ध मुम्बई क्राइम ब्राञ्चमा मुद्धा दायर गरेका थिए। यही महिना मात्र कंगनाविरूद्ध तीनवटा मुद्धा दायर भइसकेको छ।

प्रकाशित मिति: : 2020-11-04 21:54:00

प्रतिकृया दिनुहोस्