‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
सुधा अत्रि
अमेरिकाका पूर्व कूटनीतिज्ञ बिल रिचर्डसनले म्यान्मारका सैन्य 'जुन्ता' प्रमुख जनरल मिन आङ ह्लिङसँग भेटवार्ता गरेका छन्।
सैन्य 'कू'पछि राजधानी नेपिदाेमा 'रिचर्डसन–ह्लिङ'बीच भएकाे भेटवार्ता अमेरिकी अधिकारीसँगकाे सबैभन्दा शीर्ष संवाद मानिएकाे छ। सैन्य प्रमुखसँगकाे भेटमा म्यान्मारकाे राजनीतिक संकटबारे कुनै कुराकानी नभएकाे अधिकारीहरूले दाबी गरेका छन्।
म्यान्मारकाे सरकारी टेलिभिजनका अनुसार उनीहरूबीच काेराेना महामारी राेकथामकाे विषय र रंगुन विमानस्थलबाट पक्राउ गरिएका अमेरिकी पत्रकारका बारेमा छलफल भएकाे छ।
रिचर्डसनले तत्कालीन राज्य सल्लाहकार आङ सान सुकी र रोयटर्स समाचार एजेन्सीका दुई पत्रकारलाई रिहा गर्न आग्रहसमेत गरेकाे स्राेतले बताएकाे छ।
न्यू मेक्सिकोका पूर्व गभर्नर रिचर्डसन एकपटक संयुक्त राष्ट्रका लागि अमेरिकी दूतको रूपमा समेत काम गरिसकेका छन्। उनकाे म्यान्मार भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएपनि अमेरिकी सरकारले आधिकारिक रूपमा स्वीकृत दिइसकेकाे छैन।
रिचर्डसनकाे म्यान्मार भ्रमणलगतै सैन्य हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई जुन्ता सरकारले रिहा गर्नसक्ने अनुमान गरेकाे छ। गत मे–मा पक्राउ परेका उनी फ्रन्टियर म्यान्मारका प्रबन्ध सम्पादक हुन्। अमेरिका फर्कने तयारीमा रहेका पत्रकार ड्यानीलाई म्यान्मारमा हिंसा उक्साएको आरोप लगाइ हिरासत लिइएकाे छ।
उनकाे मुद्दा अहिलेपनि अदातलमै छ। दोषी ठहर भएमा तीन वर्ष जेल सजाय भोग्ने छन्। उनलाई तत्काल रिहा गर्न सञ्चारकर्मी समूहले आग्रह गरेपनि जुन्ता सरकारले सुनेकै छैन। अमेरिकी पूर्व गभर्नर रिचर्डसन र म्यान्मार सेनाप्रमुखबीचकाे भेटलाई पत्रकार ड्यानीकाे मुद्दासँग जाेडेरसमेत चर्चा गरिएकाे छ।

एकातर्फ म्यान्मार संकट समाधानकाे विषयप्रवेश र अर्काेतिर राजधानी नेपिदाेकाे सैन्य भवनमा अमेरिकी पूर्व कूटनीतिज्ञ–म्यान्मार सेना प्रमुखबीच भेट भइरहेका बेला जुन्ता प्रतिनिधिहरूले सागिङ प्रान्तमा लगातार हवाई आक्रमण गरिरहेका छन्। हमलाकाे त्राशले त्यहाँ झन्डै दुई हजार गाउँलेहरू जंगलतिर भाग्न बाध्य भएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया