७५ हजार घुससहित इन्जिनियर पक्राउ

नुवाकोटको एक जना इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। 

शनिबार वट्टारबजारबाट नुवाकोटकै बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेललाई अख्तियारको टोलीले पक्राउ गरेको हाे।

उनलाई बेलकोटगढी नगरपालिकाले करार सेवामा नियुक्त गरेकाे थियाे।

विदुर नगरपालिका ४ को व्यस्त बट्टार बजारमा रहेको एक मिठाइ पसमा बसेर सेवाग्राहीसँग विकास निर्माणको काम गरेबापत ७५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा इन्जिनीयर पौडेल पक्राउ परेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए। 

उनका अनुसार पौडेललाई घुस खुवाउने कार्यमा रहेका एक जना बिचौलियासमेत पक्राउ परेका छन्। 

घुस रकमसहित पक्राउ परेका इन्जिनियर र अर्का युवकलाई काठमाडौं लगेर थप अनुसनधान कार्य भइरहेको उनले बताए। उनका अनुसार थप अनुसन्धान गरेर मुद्धा दायर गरिनेछ। 


 

प्रकाशित मिति: : 2020-11-07 12:35:00

प्रतिकृया दिनुहोस्