अभिनेता अर्जुन रामपालको घरमा छापा

बलिउड अभिनेता अर्जुन रामपालको घरमा सोमबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छापा हानेको छ। 

एनसीबीले उनको घरबाट ग्याजेट लगेको र ११ नोभेम्बरमा अर्जुन र उनको प्रेमिका ग्याब्रियला डेमेट्रियड्सलाई एनसीबीको कार्यालयमा उपस्थित हुन नोटिस दिएको छ। 

एनसीबीले यसअघि नै अर्जुनका ड्राइभरलाई हिरासतमा राखेर सोधपुछ गरेको थियो। एनसीबीले गत महिना ग्याब्रियलाका भाई अगिसिलाओसलाई पक्राउ गरेको थियो।

अगिसिलाओसबाट प्रहरीले चरस र अल्प्राजोलम ट्याबलेट बरामद गरेको थियो। एनसीबीले उनलाई लोनावालाबाट गिरफ्तार गरेको थियो। उनीबाटै पाएको सूचनाको आधारमा अर्जुन रामपालको घरमा छापा मारेको हो। 

यसअघि पनि ड्रग्स मुद्धामा अर्जुन रामपालको नाम बाहिर आएको थियो।

प्रकाशित मिति: : 2020-11-09 21:46:00

प्रतिकृया दिनुहोस्