अन्तर्वार्ता

खेल जित्दा बधाई र पुरस्कार दिएर मात्रै क्रिकेटको विकास हुँदैन, स्टेडियम पनि चाहियो– अधिकारी (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं

पछिल्लो केही समययता राष्ट्रिय क्रिकेट टोली र खेललाई विश्वभरबाट नियालिएकाे छ। छोटो समयमा नै राष्ट्रिय क्रिकेट टोलीले ठुलो फड्को मारेको छ भने एसिया कप खेल्ने पक्का गरिसकेकाे छ।

एसीसी प्रिमियर लिगको छनोट खेलमा नेपाली क्रिकेट टोलीलाई लाखौं मानिसहरुले सर्मथन गरेका थिए। त्यो सर्मथन राष्ट्रिय टोलीले खेरजान दिएनन्। र, एसिया कपमा स्थान बनाउन सफल भयाे। अब नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कपमा भारत र पाकिस्तानको सामाना गर्नेछ। यद्यपि, याे लिग हुने/नहुनेमा विवाद छ।

केही वर्षअघिसम्म क्रिकेटमा केही पनि परिवर्तन गर्न नसकेकाे नेपाली क्रिकेटले कसरी यति ठुलाे अवसर हासिल गर्न सफल भयाे ? यस्तै विषयमा केन्द्रित रहेर बिएल नेपाली सेवाका उमेश थापाले नेपाल क्रिकेट संघ, बागमती प्रदेश कोषध्यक्ष अनिल अधिकारीसँग गरेको कुराकानी प्रस्तुत छ:


नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई महिनाको बिचमा यत्रो ठुलो सफलता हासिल गर्‍याे, यसको मुख्य कारण के हो ?

पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खेल हेर्ने हो भने कुनै चमात्कारभन्दा कम छैन। एकदिवसीय खेल खेल्नबाट पनि नेपाल बञ्चित हुने अवस्था थियाे, एक वा दुई म्याच तल/माथि भएको भए नेपाललाई गाह्राे हुन्थ्यो। तर, खेलाडीकाे राम्राे प्रर्दशनले नेपाल एसिया कपमा पुग्नु सफल भयो। यो नेपालको लागि ठुलो अवसर हो। क्रिकेट दुई ठुला मानिने राष्ट्रसँग अब नेपाल एसिया कपमा भिड्नेछ। नेपालका प्रशिक्षक मोन्टी देसाईको यसमा ठुलाे हात छ।

नेपालले भारत र पाकिस्तानलगायत शक्तिशाली राष्ट्रसँग क्रिकेट खेल्ने पक्का गरेको छ। यसै बिचमा नेपाली क्रिकेट टोलीले आफूलाई कुन स्थानमा उभ्याएकाे जस्तो लाग्छ ?

खेलमा कुनै देश ठुलो वा सानो भन्ने हुँदैन। खेलको उपलब्धी हेर्ने हो भने भारतले विश्वकपमा फुटबल खेलेको जस्तो हो। सिमित स्रोत र साधानमा पनि  नेपलाले ठुलो उपलब्धी हासिल गर्न सक्यो। ८ वटा राष्ट्रलाई हराउन सफल भयो। एसीसी र आइसीसीले पनि कभरेज गरेको छ।

भारत र पाकिस्तानसँग कसरी प्रस्तुत होला ?

पछिल्लो क्रममा केही खेलाडीहरुको उमेर समूहसँग कहीँ न कहीँ सिनियर खेलाडी जति नै देखिन्छन्। सिनियर खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्लसँग रोहित पौडेल, सन्दीप लामिछानेहरु म्याच पनि हुन्छन। सन्दीप लामिछाने वर्ड क्लास ब्राण्डेट खेलाडी हुन्। इन्डियन प्रिमियर लिग हेर्ने हो भने कुशल भुर्तेल, रोहित पौडेल, आरिफ, आशिफहरु जस्ताले नै खेलेका छन।

हाम्रा खेलाडी पनि निकै ट्यालेन्ट छन्, उनीहरु मेहेनती छन। राम्रो प्रशिक्षकसँग बसेर सिकेर यो उपलब्धी हासिल गरेको हो। खेल्न नसक्ने भन्ने चाहिँ हुँदैन।

एसीसी प्रिमियर लिग जितेर नेपाललाई के फाइदा भयो ?

वलर्ड र्‍यांकिङ चरणमा आफैं आयोजना गरेको देशले एकदिवसीय खेलमा स्टाटस् राख्दै नेपाल टेस्ट राष्ट्रतिर उन्मुख भएको छ। विश्वको ध्यानसँगै नेपालका नेताहरुले खेलकुदमा ध्यान दिन्छन् र नीति निर्माण गर्न पनि जरुरी छ। हामीले त्रिविमा खेल आयोजना गर्दै गर्दा सही व्यवस्थापन नहुँदा हरेक खेलमा एक करोड रुपैयाँ गुमाइराख्नु परेको छ।

मानिसहरु चिसो भुइँमै बसेर नै नेपालको खेल हेर्न बाध्य छन्। राम्रो प्याराफिट बनाउने हो भने हाम्राे आयस्राेत पनि बढ्न सक्छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले निकै ठुलो हैसियत बनाउन सफल भयो, के अब सरकारले खेलाडीलाई राम्रो खेल्ने वातावरण बनाइदिन सक्छ त ?

अहिले सरकार र खेलकुद मन्त्रालयभन्दा माथि छ, क्रिकेट। एउटा रोचक प्रशंग म जोड्न चाहन्छु, अहिलेको जल्दोबल्दो नेता रवि लामिछानेजी क्रिकेट हेर्न पुग्नु भएको थियो, त्यो समय रविजीले विकेट जाँदा गोल बन्नु भयो।

पुराना नेताहरुले अझैं क्रिकेट बुझेका छैनन्। सिंहदरबारले क्रिकेट बुझ्दै भनेर केही आर्टिकलहरु पनि लेखिएको छ। तर, केही काबिल व्यूराेक्रप्ट र भारतमा पढेका नेताहरुले बुझ्नुहुन्छ।

खेल जितेपछि बधाई दिने, सामान्य ६ लाख घोषणा गर्दिने, यो ट्रेण्ड चल्दै आइरहेको छ। अब त स्टेडियम चाहियो-चाहियो। स्टेडियम भएपछि वेदैशिक मुद्रा आर्जनसँगै विदेशी पर्यटक पनि भित्र्याउन सकिन्छ।

पछिल्लो समय क्रिकेटप्रति नेपाली दर्शकको निकै आकर्षण बढेको छ, यसको सन्देश के हो ?

नेपाली क्रिकेटमा आकर्षण मात्रै होइन, आइसीसी, एसीसी र संसारभरिबाट प्रशंसा आइरहेको छ। क्रिकेट क्रेज राम्राे छ, जुन दर्शकहरु पानी पर्दा पनि क्रिकेट सुरु हुन्छ कि भनेर छाता ओढेर पर्खिरहेकाे फोटो भाइरल छ, ती हाम्रा आकर्षणभन्दा पनि सम्पत्ति हुन।

दर्शकहरु पनि बुद्धिमानी दर्शकहरु छन्। डाक्टर, इन्जिनियरहरु हेर्न आउनुहुन्छ। ती दर्शकहरुले भीड व्यवस्थापनसँगै फोहोर व्यवस्थापन पनि आफैं गर्नुहुन्छ।

नेपाली क्रिकेट जगतमा खेलको स्तर बढेको छ तर पूर्वाधार कमजोर छन्, यो अवस्थामा सरकारले के गर्नुपर्ला ?

तुरुन्तै दुई वटा स्टेडियम बनाउन म आग्राह गर्न चाहन्छु। त्यस्तै चितवनमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय खेल मैदान र त्रिभुवन विश्वविद्यालयमा रहेको मैदानलाई स्तरउन्नती गरे माथि पुर्‍याउनुपर्छ।

छिमेकी राष्ट्रसँग सल्लाह गरेर नेपालले एक वर्षभित्र दुई वटा रंगशाला बनाउन सक्नुपर्छ। नेपाल एउटा क्रिकेटमा उदयमान शक्त्ति हो भनेर परिचय दिनुपर्छ। त्यसपछि हामीलाई एसीसी र आइसीसीले टुर्नामेन्टहरु आयोजना गर्न दिन्छ। यो त नीति निर्माण गर्न बसेकाहरुले बुझ्नुपर्छ। ठुला–ठुला खेल खेलाउन सकियो भने सय करोडको त ब्राेडकास्टिङ सम्झौता नै हुन्छ।

ठुला–ठुला मिडियाले कभरेज गर्छन्। अर्थतन्त्र नै चलायम हुन्थ्यो। निजी क्षेत्रहरु पनि क्रिकेटलाई स्पोन्सर गर्न आतुर छन। नेपाली क्रिकेट टिम जतिको ब्राण्ड अहिले कोही पनि छैन।

एसीसी प्रिमियर लिग हुने/नहुने विषयमा विवाद छ, कतै नेपाली टोलीले यत्रो जित हासिल गरेको बालुवा पानी हालेको जस्तो त हुने त हाेइन ?

अहिले यस विषयमा वार्ताहरु भइरहेको छन। बाेर्ड कास्टिङ पार्टनरको रुपमा स्टार स्पाेट्ससँग करौंडो डलरको सम्झौता भइसकेको छ।

यो सेप्टेम्बरमा हुने खेल हो तर इन्डिया र पाकिस्तानको खेल हुने भएर यो राजनीतिक र विवादले तताएको जस्तो मात्र हो। झन् यो म्याच निकै हाइलाइटेड म्याच हुन्छ, जसको एउटै म्याचले मात्रैले मिडिया वा ब्राेडकाष्टिङ पार्टनरले सम्पत्ति उठाउन सक्छ भनेर पनि यो भइरहेको छ।

भारत र पाकिस्तानको म्याचमा सधैं यस्तै हुन्छ। खेल्दा पनि चर्चा र नखेल्दा पनि चर्चा हुने गर्छ। म्याच हुन्छ, नेपालले एसिया कप पाकिस्तानमा खेल्छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-05-07 19:33:00

प्रतिकृया दिनुहोस्