मध्य प्रदेश उप–चुनावमा भाजपा जितको नजिक

मध्य प्रदेशको उप–निर्वाचनमा ज्योति आदित्यराजे सिन्ध्याको जादु चलेको छ। २८ सिटका लागि भएको उपचुनावमा भारतीय जनता पार्टी (भाजपा) २० सिटमा अगाडि देखिएको छ। 

भारतीय कांग्रेसको महासचिव पदबाट राजीनामा गरेर गत वर्ष मात्र भाजपा प्रवेश गरेका सिन्ध्या यो चुनावमा निकै खटेका थिए। 

पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र उनको जोडीको प्रदर्शनपछि प्रदेशमा कांग्रेसको सरकार ढल्ने सम्भावना बढेर गएको छ। 

कांग्रेसले उप–चुनावमा ७ सिटमा मात्र अग्रता लिएको छ। शिवराज सिंहको मन्त्री मण्डलमा रहेका १४ मन्त्रीमध्ये १२ जनाले अग्रता बनाएका छन्। मध्य प्रदेशमा हाल कांग्रेसको कमलनाथको सरकार छ।

प्रकाशित मिति: : 2020-11-10 16:13:00

प्रतिकृया दिनुहोस्