संस्मरण

तरुनी खेलाउने उमेरमा...

Breaknlinks
Breaknlinks

मैले यी कुरा इनबक्समा लेखेर पोष्ट गरेको थिएँ- 'विश्वमा मानव र मानवबीच युद्ध र मानवसंहार हुने कारण जातिवादद्वारा जन्माइएका ईश्वर र धर्म हुन्।'

उल्लिखित वाक्यांश कसरी लेख्न सकियो भने तालिबानले कट्टरपनात्मक इस्लामिक धर्म अफगानिस्तानमा फेरि विस्तार गर्न भनी त्यहाँ मानवसंहार गरिरहेको कारणले गर्दा। सर्वविदित भइसकेको छ- अफगानिस्तानमा विगत २० वर्षदेखि रहेको ९० प्रतिशत अमेरिकन सैनिक स्वदेश फर्केपछि तालिबानले अफगानिस्तानमा फेरि मृत्युको खेल खेलिरहेको छ।

यस्तो खेल खेल्नुको मूल कारण हो, विश्वलाई  इस्लाम धर्मको वर्चस्व देखाउन। यही वर्चस्व देखाउने हुँदा तालिबानले बुरानमा बुद्धको विशाल प्रतिमालाई बमादिले ध्वंश-विध्वंश पारेको थियो।

आदिम मानवको सृष्टि हुँदा आजका मानवका कुनै ईश्वर थिएनन्। न धर्म। प्रकृतिले मानवलाई 'यो तेरो ईश्वर हो, यो तेरो धर्म हो' भनेर जन्माइदिएको होइन। आदिम मानवबाट सभ्य भएपछि मानवले नै आफै ईश्वर जन्माएको हो। धर्म जन्माएको हो।

अहिले त आफै भगवान् हुने, ईश्वर हुने मानव थुप्रै जन्मेका छन्। उनीहरूलाई ईश्वर, भगवान् मान्ने पन्थीहरू पनि थुप्रै छन्। 'हाम्रै भगवान् र ईश्वर ठूला, धर्म पनि हाम्रै ठूलो' भनेर आफ्नो वर्चस्व देखाउने पनि यहाँ छन्। वर्चस्व देखाउने क्रियाकलाप अहिले नेपालमा पनि बढ्दो छ- हिन्दू,मंगोलादिको नाममा।



साहित्यको भौगोलिक सीमा हुँदैन...

हरिभक्त कटुवाल र रातो डायरी



अनि तालिबानको त के कुरा गर्ने? आगत  समयमा अर्को कुनै मानवले 'मेरै ईश्वर ठूलो, मेरै धर्म ठूलो' भनेर आफ्नो वर्चस्व देखाउन खोजे भविष्यमा महाविश्वयुद्ध हुन केही बेर छैन।

अल्बर्ट आइस्टाइनलाई हो वा कुनै वैज्ञानिकलाई, सोधिएको थियो- तेस्रो विश्वयुद्ध भयो भने के हुनेछ? भनेर। उनको उत्तर थियो- 'तेस्रो विश्वयुद्धबारे केही भन्न सक्तिनँ। चोथौ विश्व युद्ध भयो भने मानवले खुर्सानीको बोटमा झटारो हान्नेछ।'

त्यस्तो स्थितिमा मानवसंहार भएपछि 'मेरो ईश्वर, मेरो धर्म' भनेर कसले मानिदिने, जब कि मानवको विलय डाइनोसरको जस्तो भइदिए ? म यस्तै कुरा हिजो दिउँसो सोच्दै थिएँ- अफगानिस्तानमा तालिबानको बर्बरताको इतिहास दोहोरिँदै गरेको समाचार सुन्दा।

यूट्यूबमा हेर्दा मलाई लाग्दै थियो- मानवबीच युद्ध हुने मूल कारण नै जातिवादले जन्माएको ईश्वर र धर्म हुन् भनेर।

हिजो राति मैले उपन्यास 'विगतको परिवेशभित्र' फेरि समय काट्न भनेर पढ्दाखेरि मलाई बल्ल यस उपन्यासको पृष्ठ संख्या ५४/५५ ले सम्झना दियो, ४९ वर्ष अगाडि नै लेखिदिएको रहेछु- 'जातिवादमा बाँधिएका ईश्वरहरूले मानव-जातिमा विघटन ल्याउँछन्।'

आफूले ४९ वर्षअघि लेखेका कुराहरूलाई मैले लगभग आधा शताब्दी बित्दा पनि सम्झना गर्न सकेको रहेनछु। अहिले सम्झँदा आफैसँग छक्क परिरहेको छु। तरुनी खेलाउने उमेरमा यी कुराहरू कसरी लेख्नसकेछु, फौजको चारभित्तो अनुशानको घेरामा बाँधिएर।

पुष्टिका लागि उल्लिखत दुवै पृष्ठ यहाँ तपाईहरु पढ्न सक्नुहुन्छ।



दार्जीलिङका शहीद गोर्खाहरूप्रति नमन्... 

'बीसौं शताब्दीकी मोनालिसा' बारे थाहा नपाएकाे अर्काे तथ्य

'बीसौं शताब्दीकी मोनालिसा' बारे थाहा नपाएकाे अर्काे तथ्य

नेपाली मूलका बर्मेलीको कथा र दार्जीलिङका १६ गोर्खा तन्नेरीको मृत्यु

'कारगिल युद्ध-१९९९' काे एउटा 'सत्य'

प्रकाशित मिति: : 2021-07-31 18:35:00

प्रतिकृया दिनुहोस्