गाउँका कुडा गर्न, लाम्रा संवाद

जुम्लाको तातोपानी गाउँपालिका ५ मा गाउँका कुडा सुन्ने, सुनाउने कार्यक्रम हुन भएको छ। 

साहित्य सम्मेलनको फर्म्याटमा हुन थालेको कार्यक्रमलाई ‘लाम्रा संवादः गाउँका कडा २०७७’ नामाकरण गरिएको छ। 

विभिन्न कालखण्डदेखि गाउँमा रहेको बाहुन, क्षेत्री, दमाई, सार्की आदिको बसोबास र सहिष्णुता, कृषि र पशुपालन, भोट मधेश लगायतका नयाँ र पुराना अनुभवबारे उक्त कार्यक्रमले छलफल र बहस गर्नेछ। 

No description available.

गाउँका आफ्नै मौलिक चालचलन, रीतिरिवाज, रहनसहनको स्थिति के छ? शिक्षादिक्षा, बन्दव्यापार, राजनीति र सामाजिक क्षेत्रमा के कस्तो उपलब्धि भयो र आगामी दिनमा कसरी अघि बड्न सकिन्छ भन्ने विषयमा छलफल हुने संयोजक धनप्रसाद चौलागाइले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘गाउँको इतिहास, संस्कृति, परम्पराहरुको जानकारी र ज्ञान यथोचित तरिकाले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा समयक्रमसँगै ती बिर्सिएर तथा हराएर जान्छन्,’ उनले भने, ‘श्रुतिपरम्परामा निर्भर हामीमा अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण छैन। यस अभावलाई पूर्ति गर्न पुरानो र नयाँ पुस्ता बीच छलफल र बहस गर्ने तथा सो छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न आवश्यक भएर यो कार्यक्रम गर्न लागेका हौं।’

No description available.

हरेक क्षेत्रका स्थानीयको पहलले कला, संस्कृति र मौलिकतालाई जोगाइराख्न सकिन्छ। तथापि लाम्रा संवाद पहिलो प्रयास भएको आयोजकले जनाएको छ।

नयाँ, पुराना अनुभव र फेरवदलबारे व्यापक छलफल हुने भएपनि वर्तमान कोभीड–१९ को अवस्थालाई मध्यनजर गर्दै समूहमा निश्चित मापदण्ड अपनाएर कार्तिक २८, २९ र ३० गते हरेक दिन बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म लाम्रा संवाद गाउँकै जिउलोमा सञ्चालन हुने चौलागाईले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-11 07:35:00

प्रतिकृया दिनुहोस्