कोरोनाकालमा पनि सडक निर्माण तिब्र, बन्यो लोकनायक सलहेस मार्ग

Breaknlinks
Breaknlinks

सडक डिभिजन लहानले कोरोनाकालमा पनि सडक निर्माणलाई तिब्रता दिँदै आएको छ। 

सिरहा, सप्तरी र उदयपुर जिल्ला कार्यक्षेत्र रहेको सडक डिभिजन लहानले तिनै जिल्लामा गरि गएको आर्थिक वर्ष ८९ ओटा परियोजना सञ्चालन गरेको थियो।

‘सञ्चालित परियोजनाहरुमध्ये केही सम्पन्न भईसकेका छन् भने धेरैजसो सञ्चालित अबस्थामा छन्,’ सडक डिभिजन लहानका डिभिजन प्रमुख ईञ्जिनियर रविन्द्रलाल दासले विएल नेपाली सेवासँग भने।

सडक डिभिजन लहानका सुचना अधिकारी समेत रहेका ईञ्जिनियर शैलेन्द्र कुमार चौधरीका अनुसार सिरहा जिल्लामा सञ्चालित परियोजनामध्ये १३ ओटा परियोजना सम्पन्न भइसकेको छ।

सम्पन्न भएका परियोजनाहरुमा गोटिया टोल, गोविन्दपुर पक्किटोल खण्डको सडक, लोकमार्ग कसाहा देखी मुक्सार खण्डको सडक , लगाडी गधयानी देखी जमदह गोलबजार नगरपालिका खण्डको सडक तथा जम्दह देखी मध्यपहाडी खण्डको सडक निर्माणको परियोजना सकिएको छ।

बन्यो लोकनायक सलहेस मार्ग

त्यस्तै मधेशका लोकनायक सलहेस सडक पनि निर्माण सम्पन्न भइसकेको सडक डिभिजन लहानले जनाएको छ भने ठाडी इनरुवादेखि लहान हुँदै नेपालटार सम्म जोड्ने सडक खण् , चोहोर्वादेखि स्मृती बाल क्लव हुँदै सिर्जनशिल सडक खण्ड लगायतका परियोजना सम्पन्न भएको जनाईएको छ।

डिभिजन प्रमुख दासले भने, ‘माक्र्स लगाईन्छ , सामाजिक दुरी मेन्टन गरेर काम गर्दै आएका छौँ। सञ्चालित परियोजना समयमा सम्पन्न गर्नका लागि सचेतना अपनाएर भएपनि निरन्तर काम गरिरहेका छौँ।’

सम्पन्न हुन बाँकी रहेका परियोजनाहरु पनि समयमै सक्ने लक्ष्य राखिएको डिभिजन प्रमुख दासको भनाई थियो।
 

प्रकाशित मिति: : 2020-11-11 12:53:00

प्रतिकृया दिनुहोस्