साडीमा मलाइका

बलिउड अभिनेत्री मलाइक अरोडालाई परम्परागत पोशाकले उत्तिकै शान्दार बनाउछ।

फिटनेशसँगै आफ्नो ड्रेसिङ सेन्समा चनाखो मलाइकाकाे पुन: एक तस्वीर भाइरल भएकाे छ।

मालाइकाको सारी लुक भाइरल भएकाे हाे। दिपावलीका अवसरमा मलाइका यो लुक्समा देखिएकी हुन्।

 मलाइका अरोडले डिजाइनर मनिष मल्होत्राको सिफन फ्याब्रिक र बेज ओम्ब्रे सिक्वेन साडी लगाएकी छिन्।

त्यस्तै, सिल्क फ्याब्रिकमा गोल्ड एन्ड बेज ब्राउन ब्लाउजले साडीको सुन्दरता बढाएको छ। आ

स्टालिस साडीसँगै मलाइकाले मुुव लिपिस्टिक लगाएकी छिन्। ग्लिटरी आईस्याडो र वेवी हेयरस्टाइलमा उनी निकै सुन्दर देखिन्छिन्।

प्रकाशित मिति: : 2020-11-11 13:48:00

प्रतिकृया दिनुहोस्