नेपालमा २ लाख नाघे कोरोना संक्रमित (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ। 

पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको छ।

१ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन्।

देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन्।
 

प्रकाशित मिति: : 2020-11-11 16:46:00

प्रतिकृया दिनुहोस्